गर्भपतन परीक्षण भन्दै भ्रुण हत्या गरेकोमा डा.नूतन शर्मालाई तीन महिना निलम्बन

भ्रुण हत्या मानव हत्या हो । यसो गर्न सरकारले प्रतिबन्ध लगाएको छ । तर राजधानीकै एक नाम चलेको अस्पतालले वर्षौंदेखि अतिरिक्त कमाइका लागि काठमाडौ उपत्यका र बाहिरका समेत बच्चाको हत्या गर्दै आएको छ । यो हो राजधानीमा कहलिएको ललितपुरमा रहेको अल्का अस्पताल ।त्यस अस्पतालमा कार्यरत महिला चिकित्सक नुतन शर्माले निकै पहिलेदेखि नै भ्रुणको हत्या गरेर अकुत कमाई गर्दै आएकी छन् । जावलाखेला रहेको यस अस्पतालमा अवैध रुपले गर्भपतन गराउनेको भीड नै लाग्ने गरेको छ ।
सो अस्पतालमै गैरकानूनी रुपले बच्चा हत्या गरिने उजुरी यसअघि पनि चर्चामा आउने गरेकै हो । सोही अस्पतालमा अवैध भ्रुणहत्या गरेको उजुरी सप्रमाण अख्तियारमा समेत केही अघि परेपछि एक महिला चिकित्सकलाई निलम्बन गरिएको थियो ।
अहिले फेरी सोही अस्पतालमा चिकित्सक नुतनले यस्तै धन्दा चलाएको तथ्य पाइएपछि उनलाई पेशागत काम गर्न नपाउने गरी नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले निलम्बन गरेको छ । अवैध गर्भपतन गराएको प्रमाण सहित आइतबार उनलाई सजायँ दिइएको हो ।ग्गलत र अवैध काम गर्ने नुतनलाई तीन महिनाका लागि निलम्बन गरिएपनि यस्ता कार्यमा संलग्न अल्का अस्पताललाई भने काउन्सिलले कुनै सजायँ वा चेतावनी दिएको छैन । सोही अस्पताल, यसका श्रोत साधन, उपकरण प्रयोग गरी भ्रुणको लिंग पहिचान गरी हत्या गरेको अभियोगमा उनी निलम्बित हुँदा अस्पतालले उन्मुक्ति पाउनु आफैंमा विरोधाभास पूर्ण भएको एक चिकित्सक बताउँछन् ।
अहिलेसम्म अल्का र नुतनले हजारौं छोरीको हत्या गरी आधा अर्बभन्दा बढी कमाई गरिसकेका अल्काकै पूर्व डाक्टरले धमाकालाई बताए ।काउन्सिलले अस्पताल र गर्भपतनमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । विद्यमान कानूनी प्रावधान अनुसार लिंग पहिचान गरी गर्भपतन गर्न पाइदैन ।
काउन्सिलले चिकित्सकीय आरचासंहितालाई समेत ख्याल नगरेर कानुन विपरितको कार्य गरेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।स्रोत : अमेरिका नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses