अन्ततः सबैको सहयोगले जोया र दुइ नाबालकलाई नेपाल फर्काउन सफल



झन्डै ३ महिना अघि नेपालबाट फर्काइकी फिलिपिनी महिला जोया र उनका बच्चाहरु मिगेल र एरिक नेपाल फर्किएका छन् ।
चितवनका जीवन मगर संग बैवाहिक सम्बन्धमा रहेर २ सन्तान भैसकेको भए  पनि नेपालमा भिसा बिना बसेकोले र प्रशासनमा जिबन जोयाको बिहे दर्ता र बच्चाहरुको जन्म दर्ता हुन्  नसकेकोले चितवनको आदर्श होम नामक संस्थाको सक्रियतामा  फिलिपिनी कन्सुलेटको सहायतामा
गत अगस्त १५ मा जोयालाई फिलिपिन्स फर्काइएको थियो साथमा २ बच्चाहरु पनि फर्काइएको थियो ।

नेपाली बाबु मार्फत नेपालमै जन्मेका ती २ बच्चाहरुलाई आमा संगै फिलिपिन्स पठाइए पछी घोर अन्याय भएको भन्दै संसार भर छरिएर रहेका नेपालीहरु आक्रोशित बने र जोयालाई तुरुन्त नेपाल फर्काउनु पर्ने आवाज उठाए ।

अझ सगमाथा टेलिभिजनमा प्रशारित जोयाको निष्कपट अन्तरबार्ता , श्रीमान र परिवार प्रतिको स्नेह र सम्मान  , सन्तान प्रतिको अथाह वात्सल्य प्रेम , नेपाल र नेपाल प्रतिको सम्मान र ५ बर्स पछी पुन: पैसा कमाई नेपाल फर्किने अदम्य प्रतिबद्धता देखेर संसार भरका नेपालीहरुको आशु थामिएन ।
नेपाली समाजको अपेक्षा बिपरित उनको आदर्श विचार देखेर उनलाई उच्च सम्मान गर्दै “नेपालकै बुहारी” नामाकरण गरियो जोयाका नाममा कैयन चिट्ठी , कबिता , लेख , रचना फेसबुक , पत्रपत्रिका , अनलाइन साइट आदिमा प्रकाशित भए ।
थुप्रैले स्टुडियोमै गएर जोयाको नाममा गीत नै रेकर गराए ।

शुरुमा पति जीवनले नहेरेकोले जोयालाई उद्दार गरी  फिलिपिन्स फर्काइएको  भनिए पनि जोया गएको केहि दिनमै डीके मिडिया मार्फत जीवनका आमा , छिमेकी र स्वयम् जीवनले आफुहरुको सम्बन्ध राम्रै भएको तर गरिबीले गर्दा
समस्या निम्तेको भन्दै मिडियामा बताए  पछी संसारभर बाट जोया र जिबनको पुनर्मिलन र जोया र नानीहरुको नेपाल फिर्तीको लागि अभियान शुरु भयो ।
यस क्रममा  सामाजिक अभियन्ताहरु  नबिन जंग र हंगकंग निवासी नवांग शेर्पा ले  “Joya नेपालकी बुहारी” नामक फेसबुक मार्फत संसार भरका नेपालीहरुलाई संगठित गर्दै सहयोग जुटाए भने नेपालमा नेपाल मगर शंघ र डीके मिडियाले जोया जिबन
घटनाबारे छानबिन शुरु गर्यो ।जोयाको घर ठेगामा पत्ता लगाउन नबिन जंग र डीयोन् थापाले कैयन दुख गरे ।अनि व्यक्तिगत रकम पठाएर जोयालाई विश्वासमा लिई जोयासंग सम्पर्क स्थापित गर्न सफल भए ।

“नो दलाल डाइरेक्ट ट्रान्सफर , जो पिडित उसकै नाममा खाता ” नाराका साथ नबिन जंग र नवांग शेर्पाले शुरु गरेको अभियानमा झन्डै १५ लाख जुट्यो ।

उता जोया जिबनको घटना हेरिसके पछि गरिब र चोखो मायाका जोडी माथि अन्याय भएको जिकिर गर्दै अमेरिका निवासी कामी शेर्पाले पनि जोया फर्काउ अभियान शुरु गरे जस अन्तर्गत उनले झन्डै १० लाख रुपैयाँ जुटाएका छन
जुन जोया नेपाल फर्किसके पछि केही उद्यम गर्नको लागि प्रयोग गरिने निर्णय भयो ।

एउटै उद्द्श्यका साथ शुरु भएको कामी शेर्पा र नबिन जंग को अभियानमा सहकार्य शुरु भयो  ।
जिबनको पासपोर्ट चितवन प्रशासन बाट निकाल्ने देखि जिबनको बिवाह , जिबन माथि लागेका आरोप हरुको खण्डन गर्दै सत्य तथ्य बाहिर ल्याउने कार्यमा कामी शेर्पाको ठुलो भूमिका रह्यो ।

जीवन मगर आफ्ना मामा कामे मगर संगै जोया र बच्चाहरुलाई फर्काउन १६ सेप्टेम्बरमा जिबन फिलिपिन्स उडेका थिए ।
सोहि दिन बकोलोडबाट मनिला आई जोया र जिबनको पुनर्मिलन भए पश्चात १७ सेप्टेम्बरमा उनीहरु जोयाको माइती घर बकोलोड उडेका थिए ।
बकोलोड पुगेपछि १ अक्टोबरमा जोया जिबनको बिवाह सम्पन्न भयो त्यस पश्चात जोयाको आइडी , पासपोर्ट , छोराहरु मिगेल र एरिकको ट्राभल डकुमेन्ट बनाउने काम शुरु भयो ।
मलेसिया स्थित नेपाली दुताबासले मिगेल र एरिकको ट्राभल डकुमेन्ट बनाई मनिला स्थित नेपाली कन्सुलेट मार्फत जोयाको घरमै ट्राभल डकुमेन्ट पठाई सहयोग गरेको  थियो ।

यस बिचमा जीवनलाई फिलिपिन्सको अध्यागमन , नेपाली कन्सुलेट र भारतीय दुताबासले पटक पटक सोधपुछ गरेको थियो ।
जिबन संगै एक महिना बढी फिलिपिन्स बसेका कामे मगरले निकै मिहिनेत र बुधिमत्ताका  साथ् बिहे  दर्ता, जोयाको पासपोर्ट , बच्चाहरुको ट्राभल डकुमेन्ट आदि  बनाएका थिए ।

यसरी फिलिपिन्समा सबै कुरा मिलेर नेपाल आउन तयार भैसके पछि पनि जोयालाई नेपालबाट फर्काइंदा उनलाई ३ वर्ष सम्म नेपाल प्रबेशमा लागेको प्रतिबन्ध भने फुकुवा हुन सकेन ।
बिबिध कारणबस प्रतिबन्ध फुकुवा गर्न नमिले पनि जोया स्वयम् नेपालको अध्यागमनमा आइपुगेको अबश्थामा भने परिवारको रोहबरमा छाड्न सकिने झीनो सम्भावना बताईयो ।
नेपालमा प्रतिबन्ध खुलाउन ओखलढुंगा-१ का कांग्रेस नेता पेमा निमा शेर्पाले निकै दौडधुप गरेका थिए भने डीके मिडियाका पत्रकार महेश रानाले पनि निकै मिहिनेत गरे ।

फुकुवा हुने आशामै दशैँ तिहार बित्यो , यसबीच जिबन र मामाको भिसा पनि सकिन लागेको र बच्चाहरुको ट्राभल डकुमेन्ट पनि एक्सपायर हुन् लागे पछि अभियन्ताहरु बीच छलफल गरि १० तारिखमा जसरि पनि फिलिपिन्सबाट उड्ने
तय भयो ।

यसरी बिभिन्न मनकारी व्यक्तिहरुको सहयोगले एउटा गरिब परिवारको उद्वार भएको छ भने नेपाली बाबु मार्फत नेपालमै जन्मेर झन्डै पनि बिदेशी बन्न लागेका २ बच्चाहरुको नागरिक अधिकार दिलाउने कार्य  सफल भएको छ
अब केहि दिनमै जोया र जीवनले नेपालमा कानुन संगत ढंगले बिवाह दर्ता गर्नेछन भने बच्चाहरुको जन्म दर्ता पनि गर्नेछन ।

नेपाल फर्की सकेको सन्दर्भमा न्युयोर्कमा कामी शेर्पाले जुटाएको झन्डै १० लाख रुपैयाले जोया जिबनको परिवारको लागि केहि उधम खोलिदिने भएको छ ।
 

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses