साउदी अरबबाटै फेसबुकमा काठमाडौंकी युवतीसंग बसेको प्रेमले हिरासतमा पुराएपछि

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गएका ललितपुरका बलराम ठाकुरको फेसबुकबाटै काठमाडौंकी सरू केसी (नाम परिवर्तन)सँग चिनजान भयो । फेसबुक च्याटबाटै उनीहरू प्रेम सम्बन्धमा गाँसिए । तर, नेपाल आएपछि उनीहरूबीच सम्बन्ध बिग्रेको छ भने प्रतिशोध लिन खोज्दा ठाकुर हिरासतमा पुगेका छन्
प्रहरीका अनुसार फेसबुकबाट ‘भर्चुअल’ प्रेम गाढा हुँदै गएपछि ठाकुर र केसीबीच अश्लील भिडियो च्याटसमेत भएका थिए । ठाकुरले केसीलाई विदेशबाटै उपहारसमेत पठाउन थालेका थिए । उनले नेपाल आएपछि बिहे गर्ने वाचा गरेका थिए ।
गत महिना ठाकुर वैदेशिक रोजगारबाट नेपाल फर्किए । तर, नेपाल आउँदा उनको प्रेममा असमझदारी बढिसकेको थियो । प्रेमिका टाढा हु“दै गइन् । ठाकुरले प्रेमिकालाई होटेल र एकान्तस्थलमा बोलाए । तर, केसी गइनन् । शारीरिक सम्बन्धको प्रस्ताव राखेपछि उनी टाढा हुँदै गएको अनुसन्धानमा आबद्ध प्रहरी बताउँछन् ।
प्रहरीका अनुसार प्रेमिकाले बेवास्ता गरेमा प्रतिशोध लिने योजना ठाकुरले पहिले नै बनाइसकेका थिए । उनले पहिला युवतीसँगको अश्लील भिडियो च्याट मोबाइलमा ‘सेभ’ गरेर राखेका थिए । म्यासेन्जरमा त्यही भिडियो पठाएर सम्बन्ध राख्न नदिए सार्वजनिक गरिदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गरे ।
फेसबुके प्रेमले आफ्नो इज्जत बर्बाद हुने भएपछि केसीले साथीहरूको सल्लाहमा महानगरीय अपराध महाशाखामा प्रेमीविरुद्ध उजुरी दिइन् । ठाकुरलाई आइतबार पक्राउ गरी विद्युतीय कारोबार ऐन मुद्दामा कारबाही अघि बढाएको महाशाखाका डिएसपी पशुपति रायले जानकारी दिए ।
फेसबुकको भर्चुअल प्रेमले ठाकुरको हिरासतको बास भएको छ भने केसीले पनि नसोचेको तनाव झेल्नुपरेको छ । सम्बन्धित व्यक्तिबारे वास्तविकता थाहा नभई फेसबुकमा चिनेकै आधारमा विश्वास गरेर प्रेम सम्बन्धमा गाँसिने र पछि सबै कुरा थाहा पाएपछि समस्या निम्त्याउने गरेको डिएसपी राय बताउँछन् ।
युवतीहरूसँग फेसबुकबाट प्रतिशोध
-अश्लील फेसबुक प्रोफाइल बनाई आफूसँग राम्रो सम्बन्ध नभएका युवतीहरूको नाम र मोबाइल सार्वजनिक गर्ने ललितपुरका सुरज बस्नेत पनि पक्राउ परेका छन् । दुई वर्ष अमेरिका बसेर फर्किएका बस्नेतले आफूले भनेको नमान्ने युवतीहरूसँग प्रतिशोध लिन पनि त्यस्तो काम गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंको एक कम्पनीमा लेखापालका रूपमा कार्यरत ३६ वर्षीय बस्नेतले अश्लील नाममा फेसबुक प्रोफाइल बनाई त्यसमा आफ्नै कार्यालयका केही युवतीको नाम र फोन नम्बर सार्वजनिक गरिदिएका थिए । यौनकर्मीका रूपमा प्रस्तुत गरी उनले नम्बरहरू सार्वजनिक गरेका थिए ।
-सोही फेसबुक प्रोफाइलबाट नम्बर लिई सागर धितालले एक युवतीलाई पटकपटक फोन गरी ‘टर्चर’ गरेपछि बस्नेतको अपराध खुलेको हो । प्रहरीले धिताललाई आइतबार पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ । प्रहरीले सोमबार बस्नेतलाई पनि पक्राउ गरेको छ ।
रमाइलोका लागि आफूले अश्लील फेसबुक प्रोफाइल बनाएर युवतीहरूको नम्बर राखेको बस्नेतले बताएका छन् । कतिपय अपरिचित युवतीको फोन नम्बर पनि उनले फेसबुकमा राखेका थिए । तीन महिनाअघि उनले सो फेसबुक अकाउन्ट खोलेर २३ जना युवतीलाई यातना दिँदै आएको डिएसपी पशुपति रायले बताए।स्रोत : अमेरिका नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses