यि लक्षणहरू देखिएमा याद गर्नुस तपाईलाई स्तन क्यान्सर भएको छ(जानी राखौँ)
नेपालमा स्तन क्यान्सरका बिरामीमध्ये छ जना पुरुषमा पनि स्तन क्यान्सर पाइएको छ । तथ्याङ्क अनुसार नेपालमा सबभन्दा कम उमेर २२ र बढी उमेर ९१ वर्षका महिलामा स्तन क्यान्सर पाइएको छ । स्तन क्यान्सर विश्वव्यापी समस्या भएकाले यसमाथि सबैभन्दा बढी अनुसन्धान भएको छ ।
जोखिम अवस्था
–ढिलो महिनावारी सुरु भएको तथा चाँडै महिनावारी सुकेका महिलालाई ।
–बच्चा नजन्माएका महिलालाई ।
–स्तनपान नगराउनेलाई ।
–बच्चा ढिलो जन्माएका महिलालाई, विशेषगरी ३५ वर्ष नाघेकालाई ।
–धेरै वर्षसम्म परिवार नियोजनका औषधी र विभिन्न हार्मोन प्रयोग गर्नेलाई ।
लक्षण तथा चिह्न
–स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।
–दुबै स्तन समान नभई आकार वा बनौटमा फरक देखापर्नु ।
–स्तन सुन्निएर कडा भई दुख्न थाल्नु ।
–स्तनको मुन्टाबाट रगत अथवा पिप आउनु ।
–स्तनको मुन्टा सिधा बाहिर नफर्की दायाबायाँ वा घुमेर भित्र फर्कनु ।
–स्तनमा गिर्खा नदेखिएपनि काखीमा गिर्खा देखापर्नु ।
शङ्का लागे के गर्ने ?
बीस वर्षभन्दा माथिका प्रत्येक महिलाले स्तन क्यान्सर भए नभएको जाँच गर्नु जरुरी छ । महिनावारी नियमित भइराखेका महिलाले महिनावारी रोकिएको पाँच दिनपछि मात्र यो जाँच गर्नुपर्छ । किनकि महिनावारी भएको बेलामा स्तन अलिक सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । सोका कारण स्तनमा भएको केही परिवर्तन थाहा पाउन मुश्किल हुन्छ ।
अरु क्यान्सरसरह स्तन क्यान्सर पनि सुरुमै उपचार गरे निको हुनसक्छ । सुरुमा उपचार गर्नका लागि स्तन क्यान्सरलाई सुरुको अवस्थामै पत्ता लगाउन सक्नुपर्छ । स्तनमा भएका गिर्खालाई सुरुमै थाहा पाउनसक्नुपर्छ । गिर्खा जति सानो भयो उपचारको परिणाम त्यति नै राम्रो हुने सम्भावना हुन्छ ।
स्रोत : नेपाल अर्बुद रोग निवारण संस्था
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses