शंकाले लंका जलायो, निर्दोष चेलीमाथि निर्मम प्रहार(भिडियो सहित)

धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट नपा-५ की २७ वर्षीया तुलसा सापकोटाको करिब तीन वर्ष पहिले कुवेतमा भेट भयो । त्यही भेटको परिणामस्वरुप आइतबार राति बुटवलमा तुलसामाथि सुनीलले एसिड प्रहार गरे । र, सोमबार उनको मृत्यु भयो । सुनिल ज्यानमुद्दामा पक्राउ परे ।
मध्यरातमा ‘प्रेमिका’माथि एसिड प्रहार, उपचारको क्रममा युवतीको मृत्यु
वैदेशिक रोजगारीका लागि कुवेत गएका उनीहरुको कामको सिलसिलामा भेटघाट भएको थियो । भेटघाट र चिनजान बिस्तारै प्रेममा परिवर्तन भयो । परदेशमा भेटिएका दुवै स्वदेशीले अन्तिम श्वाससम्म सँगै बाँच्ने र सँगै मृत्युवरण गर्ने कसम खाएका थिए ।प्रेम सम्बन्धमा रहँदा रहँदै केही समयपछि उनीहरु अघोषित श्रीमान-श्रीमतीसरह बने । उनीहरुबीचको प्रेम सम्बन्ध शारीरिक सम्बन्धमा रुपान्तरित भयो । जीवनका सबै खुशीहरु आफ्नै पोल्टा परेको सम्झेर उनीहरु परदेशमा रमाउन थाले ।
शंकाले ‘लंका’ जलायो
गैंडाकोटकी सापकोटालाई आफ्नै श्रीमती मानेका धादिङका कोइराला परदेशमा कमाएको सम्पूर्ण रकम सापकोटालाई नै दिन्थे । कोइरालाले प्रहरीलाई दिएको बयानअनुसार आपसी सहमतिमै केही समयपछि तुलसा सम्पूर्ण रकम लिएर स्वदेश फर्किइन् ।तुलसा स्वदेश फर्किएपछि उनीहरुबीच केही समयसम्म सम्बन्ध राम्रै रह्यो । तर, विस्तारै उनीहरुको सम्बन्धमा तुषारो लाग्न थाल्यो । कोइरालाले सापकोटामाथि अनेकन शंका गर्न थाले ।
आइतबार राति बुटवलमा तुलसामाथि एसिड प्रहार गरेपछि पक्राउ परेका सुनिलले प्रहरीको प्रारम्भिक वयानमा भनेका छन्- ‘विदेशमा मैले कमाएको लाखौं रुपैयाँ तुलसालाई दिएको थिएँ । तर, उनी नेपाल फर्किएपछि धोका दिइन् । मसँग टाढा-टाढा हुँदै जान थालिन् । अन्य केटासँग प्रेम सम्बन्धमा लागिन् । त्यसैले मैले एसिड प्रहार गर्ने योजना बनाएँ ।’पाखुरामा टाटु खोपेका सुनीलले तुलसामाथि शंका लागेको भने पनि त्यसलाई पुष्टि गर्ने आधार देखिएको छैन । विचरी तुलसा उनले बुटवल जाने प्रस्ताव गर्दा जान तयार भएको र होटलमा सँगै खान र बस्न तयार हुनुले सुनिलको दाबीलाई खण्डन गर्छ ।तुलसाले उनलाई धोका दिएको भए त्यसरी राति होटलमा सँगै बस्न जाने नै थिइनन् ।
काठमाडौंबाटै एसिड बोकेर बुटवलतिर
विदेशमा रहेका सुनिल केही समयअघि स्वदेश फर्किए । र, तुलसालाई हानी पुर्‍याउने आपराधिक एवं जंगली उद्देश्यले योजनावद्ध रुपमा काठमाडौंबाट बियरको बोतलमा एसिड लिएर बुटवल पुगे ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेलबहादुर पाण्डे भन्छन्- सुनिल तुलसालाई हानी पुर्‍याउने उद्देश्यले काठमाडौंबाट धादिङ नौबिसे हुँदै बुटवल आएको देखिन्छ ।’डीएसपी पाण्डे भन्छन्-‘कोइराला काठमाडौंबाट पहिला तुलसाको घर गए र तुलसालाई घुम्न जान प्रस्ताव गरे ।तर, तुलसालाई पनि सुनिलमाथि केही शंका थियो । त्यसैले उनले एक्लै नजाने, गए पनि आफ्नी सानीमा देवी खरेललाई साथमा लैजाने प्रस्ताव गरिन् । एउटी अवला नारीले यस्तो सोच्नु स्वाभाविकै थियो ।कोइराला पनि तुलसाको प्रस्तावमा सहमत भए । र, तीनैजना गैंडाकोटबाट बुटवलतिर लागे ।बुटवल उपमहानगरपालिका-६ स्थित मेरीडियन होटलको कोठा नम्बर १०३ मा सुनिल र तुलसा बसे । कोठा नम्बर १०४ तुलसाकी सानीमा देवी खरेल बसिन् ।
मदिरा खुवाएर एसिड प्रहार
होटलको कोठा नम्बर १०३ मा दुवैजना बसेपछि उनीहरुले मदिरा सेवन गर्नुका साथै र शारीरिक सम्बन्धसमेत राखेको प्रहरीको भनाइ छ । मदिरा सेवनपछि तुलसा लठ्ठ भइन् । तर, सुनिलले तुलसाभन्दा कम मदिरा सेवन गरेका कारण उनी होसमै थिए ।मध्यरातसम्म मदिरा सेवन गरेर तुलसा लठ्ठ भएपछि सुनिलले अब बियर खाउँ भन्दै आफ्नो झोलाबाट एसिडले भरिएको बियरको बोतल निकालेर तुल्सामाथि खनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पाण्डेले अनलाइनखबरलाई बताए ।
अनुहार र शरीरका विभिन्न भागमा परेको एसिडले तुलसा चिच्याउन थालेपछि सानीमा र होटलका कर्मचारीहरु उठेर आए । त्यसलगत्तै उनीहरुले सुनिललाई पक्राउ गरेर प्रहरीलाई खबर गरे । र, सुनिल पक्राउ परे ।पक्राउ परेका सुनिलमाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र तुलसाकी सानीमा खरेललाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
एसिड हानेर भारत जाने योजना
होटलमा पुग्नासाथ सुनिलले होटल बिहान कति बजे खुल्छ भनेर सोधेका थिए । आफू राति नै बाहिर जानुपरेमा होटल खुल्छ कि खुल्दैन भनेर उनले होटलवालासँग चासो राखेका थिए ।पक्राउ परेका सुनिलको साथबाट प्रहरीले ३ हजार भारतीय रुपैयाँ मात्रै फेला पारेको छ । होटलमा सुनिलको प्रश्न र उनीबाट फेला परेको भारतीय रुपैयाँलाई प्रहरीले जोड्दा घटना गराएर उनी भारततिर भाग्ने योजनामा रहेको डीएसपी पाण्डेले बताए ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<शंकाले लंका जलायो, निर्दोष चेलीमाथि निर्मम प्रहार>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses