बुटवलमा ‘प्रेमिका’ माथि एसिड प्रहार, उपचारको क्रममा युवतीको मृत्यु(भिडियो सहित)

रुपन्देहीको बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ । नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल-६ स्थित मेरिडियन होटलमा बसेका थिए । सुनिल र तुलसा केही समयदेखि प्रेम सम्वन्धमा थिए ।तर, तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले मध्यरातमा एसिड हाने ।युवतीले सहयोग मागेपछि होटलका स्टाफहरुले सबै ढोका बन्द गरेर युवकलाई पक्राउ गरेका थिए । र, उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको उनको बयान छ ।तुलसाको अनुहार, टाउको र शरिरमा एसिड लागेको थियो । र, लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । लुम्बिनी अञ्चल अस्पतालले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रिफर गर्‍यो तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं बर्निङ सेन्टरमा रिफर गरिएको थियो । उनलार्इ काठमाडौं लैजाने क्रममा मृत्यु भएको डिएसपी बेलबहादुर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी सापकोटाकी सानीआमा काठमाडौं-७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिएको छ ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<मध्यरातमा ‘प्रेमिका’माथि एसिड प्रहार>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses