राधिका सुनार हत्याकाण्डको नयाँ रहस्य खुल्यो

जाजरकोटको भेरीमालिका नगरपालिका-४ बोहराकी २४ वर्षकी राधिका सुनार हत्याकाण्डको नयाँ रहस्य बाहिर आएको छ । हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयकै मुद्दा फाँटमा कार्यरत प्रहरी हवल्दार पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार कमल विकले राधिकाको शनिबार खुकुरीले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालले जानकारी दिनुभएको छ ।शान्ति सुरक्षा दिने प्रहरीले नै महिलाको हत्या गरेपछि जाजरकोटमा महिला अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि बुधबार बिहानैदेखि दोषीलाई कडा भन्दा कडा कारबाही गरिनु पर्ने, मृतकका बालबालिकाको लालन पालनको जिम्मा राज्यले लिनु पर्ने, हत्यारालाई फाँसी दिइनु पर्ने जस्ता नारा लगाएका थिए ।डिएसपी रिमालले अपराधी आफूहरुले भेटाइ सकेको र छानबिन गरिरहेकाले दोषी प्रमाणित भएपछि कारबाही गर्ने बताउनुभयो । मृतकको पोष्टमार्टमपछि मंगलबार उनको परिवारले शव बुझेका छन् । तर दाह संस्कार भने अझै गरिएको छैन । हत्याको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका राधिकाका श्रीमानलाई भने प्रहरीले नेपाली सेनाको समन्वयमा नियन्त्रणमा नै राखेको छ । राधिकाका श्रीमान् नेपाली सेनाको सुर्खेत स्थित नरसिंह दल गणमा सिपाही पदमा कार्यरत छन् ।-बालकुमार शर्मा/उज्यालो ।स्रोत : अमेरिका नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses