२ वटा बिस्कुटकै कारण बन्यो चन्द्राले छोरा गुमाउनुको कारण

सिँगो स्याङजा वालिङ महोत्सबमा रमाएको छ,हासेको छ,पिङमा मच्चिएको छ जे होस सबैतिर महोत्सबले हसाएको छ । तर स्याङजा भिरकोट १४ कि चन्द्रा थापा भने आफ्नो १२ बर्षे कलिलो छोरो गुमाउनु पर्दाको पिडा लिएर कहिले होसमा त कहिले बेहोसमा आशुमा मुर्छिदै प्रशासन धाईरहेकि छिन उनले सायद २ वटा बिस्कुटकै कारण आफ्नो कलिलो १२ बर्षे छोरा निशान थापा लाई यो जिबनमा कहिल्यै भेट नहुने गरि गुमाउन पर्ला भनेर कल्पना सम्म गरिन्न तर घटना अकल्पनिय भयो घर बाट स्कुल पढन भनि हिडेको आफ्नो १२ बर्षिय छोरा १२ दिनपछि जब मृत भेटियो त्यो पनि झुण्डिएको अबस्थामा,
घरबाट स्कुल पढन हिडेको छोरा निशान र छोराको साथिले एक स्थानिय ब्यापारि रामहरि रेग्मिको किनारा पशल बाट दुई वटा बिस्कुट चोरेर भाग्न खोज्छन तब ब्यापारी रेग्मिले आफ्नै पशलबाट बिस्कुट चोरेर भाग्न खोज्ने ति दुई केटाहरु (निशान र साथि) समात्छन तब बिषय त्यहा बाट शुरु हुन्छ रेग्मिले आफ्नै पसल बाट बिस्कुट चोरेर भाग्न खोजेका केटाहरु लाई भेटेपछि दुई चार थापड पिटने कुरा स्बभाबिक छ तर सोहि पिटाईलाई मृतक पक्षले मुद्दा गराएको छ । रेग्मि पक्षले भन्छ निशान लाई एक दुई चोटि थापड हानेको हु तर पछि भाग्यो कता गयो हामिलाई थाहा भएन तर मृतक पक्ष भन्छ रेग्मिले पिटदा समबेदन शिल अगँमा लाग्यो र निशानको मृत्य भयो तब केहि दिन लुकाएर राखे र पछि उनिहरुले रुखमा लगेर झुन्डाई दिए र आत्महत्या गर्यो होला भनेर पन्छिदै छन १२ बर्षको मेरो अबोध छोरा आफै गएर झुन्डिएको होईन भन्दै मृतक निशानकि आमा प्रशासन गुहार्दै छिन उसो त छोरा हराएको १२ दिन सम्म जताततै खोज्दा भेटिएन तर १२ दिनपछि मुल बाटोको छेउमा नया डोरिले काभ्रोको रुखमा झुन्डिएको र लास गन्हाएको अबस्थामा भेटिएको छ जे होस घटना दुखद छ घटना लाई चौतर्फि शकाँ उपशकाँको रुपमा हेरिएको छ किनकि एउटा बिस्कुट किन्ने रु दश रुपिया साथमा नभएको निशानले झण्डै २० रुपिया पर्ने नया डोरी कसरि किन्यो ? मृतक थापाको मुख भित्र माटो कसरि भेटियो यि जस्ता केहि शकाँ उपशकाँ स्थानिय बुद्दिजिबि हरुले राखेका छन । सत्य तथ्य बुझि पिडितले न्याय पाउन पर्छ ? स्रोत : स्यांग्जा न्यूज २४

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses