नेपाली युवकसंग विवाह गरेर आएकी ईण्डोनेसियाली महिलालाई घरबाट निकालियो

नेपाली केटासंग विवाह बन्धनमा बाँधिएको दशौं बर्षगाँठ बनाउनु पर्ने बेलामा इन्डोनेशियाली महिला तिती इस्टयानी अहिले घरको न घाटकी भएकी छिन् । उनका पति सप्तरी जिल्ला हरिहरपुर गाविस–३ का संजीव चौधरीसँगको बैवाहिक जीवन सहज नभए पछि उनी यो अबस्थामा पुगेकी हुन । तितीको सन् २००७ जनवरीमा संजीबसँग मुस्लिम परम्परा अनुसार इन्डोनेसियामा विवाह भएको थियो । दुबैका दुई छोरीहरू जनकपुरको निजी विद्यालयमा अध्ययन गर्दैछन् । तितीलाई संजीवका अभिभावकले घरबाट निकाली दिएका छन् ।उनले प्रहरी प्रशासन गुहारेको धेरै पटक भयो तर न्याय पाइकी छैनन् । विदेशी महिलालाई विवाह गरेर नेपाल ल्याएपछि संजीवले सप्तरीमा विवाह दर्ता गरेर तितीको नाम परिवर्तन गरी सन्जना चौधरी बनाइएको छ । सन्जनासंग अहिले संजीव चौधरी पति भएको नेपाली नागरिकता र विवाह दर्ता प्रमाण पत्र मात्र छ, पति र उनको परिवारको साथ छैन ।तितीले भनिन्, ‘न्याय पाउन प्रशासनमा धेरै धाँए । सबैले तपाईसंग नागरिकता छ, विवाह दर्ता छ अंश पाउनु हुन्छ भन्छन् तर पतिसंग मिलाउने, भेटाउने कुरा कसैले गर्दैनन् ।’ उनलाई नेपालको नियम थाहा छैन् । नियम थाहा पाउनेहरूले विदेशी महिला भएकै कारण सहयोग गरिरहेका छैनन् ।उनका जोठी छोरी एक जना कक्ष चार र अर्की कक्षा एकमा पडदै छन् । कसरी खर्च चलेको छ भन्ने जिज्ञासमा तिती भन्छिन अहिले कतै काम गरेकी छैन । कामका लागि कुरा आई रहेको छ मिल्यो भने एक हप्ता पछि काम शुरु गर्छु । उनले आफूलाई माइत जाने इच्छा भएको र माइतीबाट बोलावट भए पनि दुई छोरी लान कानुनी समस्या हुने भएकाले छोरीहरूलाई छाडेर आफू जना नसकेको जनपुरबाट फोनमा डीसी नेपाललाई बताइन । अहिले उनका पति नेपालगंजमा रहेको स्थानीयले बताए पनि तितीभने बेखबर छिन् ।संजीसँग विवाह बन्धनमा बाँधिनु अघि इन्डोनेसियाली महिला तीती इस्टयानी सन् १९९२ देखी २००९ सालसम्म १६ वर्ष मलेसियामा बिताएकी थिइन् । मलेसियामा तिति घरेलु कामदारको रुपमा एउटा सेठको घरमा काम गर्दै थिईन । नजिकैको अर्को कम्पनीमा उनका धेरै साथीहरु थिए । त्यही कम्पनीमा नेपालबाट सन् २००६ मा चार जना नेपाली गए । नेपाली कम्पनीमा आएको दिन नै साथीहरुको आग्रहमा तिति पनि तिनीहरुलाई हेर्न त्यो कम्पनीमा गएकी थिइन् । पहिलो दिन नेपालीहरुसँग समान्य परिचय भयो । केही महिना बित्यो ।तिती उर्फ सन्जना चौधरीले पुरानो कुरा संझना गर्दै भनिन, ‘मेरो एक साथीले संजिव चौधरीसँग फोनमा कुराकानी गराएका थिए ।’ दुवैजनाको कुराकानी विस्तारै प्रेममा परिणत भएको थियो । तिती मुस्लिम समुदायकी युवती थिइन् । प्रेम भएको एक वर्ष नबित्दै दुवैजनाले विवाह गर्ने निधो गरे । विवाह गर्नकै लागि तिती र संजिव सन् २००६ डिसेम्बर महिनामा इन्डोनेसिया गए । तितीको माइतीमा संजिवलाई धर्म परिवर्तन गराएर मुस्लमान बनाएर सन् २००७ जनवरीमा दुवैको विवाह भयो ।विवाहको बेला इन्डोनेसियालीहरूले संजिवको मुस्लिम नाम सरिफ ओमर अब्दुला खारिदिए । पति संजीव र पत्नी तितीले दुई महिना उतै बिताए । संजिव मलेसिया फर्किए र तिती इन्डोनेसियामा नै बसिन । विवाहको नौ महिना पछि तितीले इन्डोनेसियामा सन् २००७ सेप्टेम्बर २९ मा छोरी जन्माइन ।छोरी चार महिनाको भएपछि तिती संजिवलाई भेट्न मलेसिया पुगिन । तिती, छोरी र संजीव दुई महिना मलेसियामा सँगै बसे । फेरि तिति छोरीसँगै इन्डोनेसिया फर्किइन र दोस्रो पटक १४ महिनामा पछि मलेसिया आई पति संजीवसंग छोरीलाई लिएर सन् २००९ मार्ग ९ गते मा नेपाल आइन । नेपालमा शुरुका दिन तितीको लागि सुखदायी थियो । पतिले मलेसियामा जस्तै माया गरिरहेका थिए ।संजिवले जनकपुरको जिरोमाईलमा रहेको घरमा तिती र छोरीलाई लिएर आमा/बुबासँगै बस्न थाले । तितीले तीन महिनाको लागि भ्रमण भिसा लिएर आएकी थिइन । तीन महिनामा बित्नुभन्दा एक हप्ता अगाडि नै संजिवले तितीलाई सप्तरीबाट विवाह दर्ता र नागरिकता बनाईदिएका थिए । त्यसपछि तितिको नाम परिवर्तन भएर सन्जना चौधरी भयो । आफू अन्जना चौधरी भएकोमा तिती खुसी थिइन् । सपरिवार उनको जीवन सुखसाथ वितिरहेको थियो ।स्रोत : अमेरिका नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses