यी हुन्- यम बुद्धकी श्रीमती /यसकारण राखेका थिए अनिलले आफ्नो नाम,‘यम बुद्ध’यस्तो छ गिरीशको भनाइ(भिडियो सहित)

यी हुन्- यम बुद्धकी श्रीमती /यसकारण राखेका थिए अनिलले आफ्नो नाम,‘यम बुद्ध’
मोरङको सलकपुरमा जन्मिएका अधिकारी आफ्नो न्वारनको नाम अनिलबाट भन्दा यम बुद्धबाट चर्चित थिए । उनलाई स्टेजमा यम बुद्ध भनेर बोलाइन्थ्यो । युवा किशोर र किशोरी माझ निकै लोकप्रीय गायक अधिकारीले आफ्नो जुराएको कथा केही महिना अघि कान्तिपुरको साप्ताहिकसँग सुनाएका थिए ।तलको लिंकमा क्लिक गरि पुरै कथा भिडियोमा हेर्नुहोस :
<<यी हुन्- यम बुद्धकी श्रीमती>>
 र्‍यापर गिरिष खतिवडाले यमबुद्धले आत्महत्या गर्नै नसक्ने बताउँदै उनको मृत्युको कारण रसायन वा मादक पदार्थको प्रभाव हुनसक्ने आशंका व्यक्त गरेका छन् ।र्‍यापको दुनियाँमा यमबुद्धको नामले चर्चित अनिल अधिकारीको मृत्युको खबर सार्वजनिक भएपछि गिरिषले युट्युबमा एउटा भिडियो पोष्ट गर्दै आत्महत्याको कारण कुनै रसायन वा मादक पदार्थको कारण हुनसक्ने आशंका व्यक्त गरेका छन् ।आइतबार उनले रुँदै भने ‘यमबुद्धले आफ्नो ज्यान लिनै सक्दैन, यदि आत्महत्या हो भने उनी यमबुद्ध होइनन् ।’
‘‘म फुट्छु तर झुक्दिनँ’ भनेर गाउने मान्छे हुन् यमबुद्ध । उनले ‘दाइ, वर्ल्ड टुर हान्नु पर्छ–वर्षको ३६५ दिनमा कम्तीमा पनि ३ सय वटा शहरमा । यसो गर्न पाए, एक लाखको हिसाबले पनि एक वर्षमा ३ करोड ल्याउन सक्छौं दाइ’, उनी त्यस्तो व्यवसायीक दिमाग भएका मानिस हुन् । निकै प्रेरित मानिस हुन् । सधैं अघि बढ्नुपर्छ भन्ने मानिस हुन् उनी । त्यसैले मलाई विश्वास नै लागिरहेको छैन,’ उनले भने ।यमबुद्ध मरेपछि मलाई आफू नै मरेको जस्तो लागिरहेको उनले बताएका छन् । आफू र्यापको क्षेत्रमा नै भएकाले उनलाई यस्तो लागिरहेको उनले बताए । उनले भने, ‘हाम्रो कुरा कसैले बुझ्दैन, मिडियाले बुझ्दैन ।’भिडियोमा उनी मिडियासँग पनि असन्तुष्ट भएको देखिन्छन् । उनी भन्छन्, ‘मिडियाले विवादास्पद मानिसलाई, शक्तिमा भएका मानिस, चिनेको मानिसलाई चर्चामा ल्याउँछ ।’ मिडियालाई ‘अल्छी’ को संज्ञा दिएका उनले थपे, ‘ मिडियाले पैसा खुवाउने मान्छेलाई अगाडि ल्याउँछन् । वास्तविक क्षमताको कदर हुँदैन । हामी सबै यसको चपेटामा छौं तर यमबुद्धले आत्महत्या गर्नुपर्ने थिएनँ किनभने उनलाई हामी सबैले माया गरेका थियौं ।’उनी भन्छन्, ‘हामीले उनको गीत सुनेका थियौं । हामीले लाइनहरु याद गरेका हौं । फेसबुक पेजमा लाइक गरेका हौं, फलो गरेका हौं । हामीले उनलाई पछ्याएका हौं । हामीले निकै स्नेह पूर्वक उनलाई मुटुमा राखेका हौं । हामी जहिले पनि तिम्रो प्रशंसक भएका हौं । ’‘मिडियाले तिमीलाई विश्वास गरेन होला तर हामीले त माया गरेका थियौं । तिमीलाई विश्वास गरेका थियौं । हामीले तिम्रो गीत गायौं र तिमीले के गर्यौ यस्तो,ࢋ’ उनले भने ।निकै भावुक भएका उनले ‘रेष्ट इन पिस यमबुद्ध’ भनी आफ्नो भिडियो टुङ्ग्याएका छन् ।तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस्
<<गिरिश (यम बुद्ध)>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses