राति साढे ३ बजे बाथरुम छिरेका यमबुद्ध बेल्टमा झुण्डिएका थिए (भिडियो सहित)
राति साढे ३ बजे बाथरुम छिरेका यमबुद्ध बेल्टमा झुण्डिएका थिए !
मोरङका अनिल अधिकारी न्वारनमा पण्डितले राखिदिएको नामले भन्दा काम सँगै आफैले जुराएको नामबाट संसार प्रसिद्ध थिए । संसारै भरका नेपाल भाषी युवा तथा किशोर किशारी माझ उनी यमबुद्ध को नामबाट चिर परिचित थिए । पत्ताउनै गाह्रो हुनेगरी उनै यमबुद्ध अब हामी माझ रहेनन्, नेपाली सांगीतिक आकाशलाई फराकिलो बनाउन ठूलो भूमिका खेलेका यमबुद्धको आकस्मिक निधन भयो । उनी आफ्नै जीवनसँग हार्दै यस संसारवाट बिदा भए ।बाहिरि दुनियाँमा लोकप्रिय वा चर्चित नभएका यमबुद्ध आज नेपालीको भने मन जित्न सफल भएका थिए । हाल लण्डनमा रहेका अधिकारी स्थानीय समयअनुसार शनिबार बिहान साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अबस्थामा भेटिएका थिए । श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् ।
लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए । पारिवारिक श्रोतका अनुसार, घर आएर खाना खाइ करिब १२ बजे श्रीमती अस्मिता सेढाईंसँगै सुतेका उनी साढे तीन बजे बाथरुम छिरेका थिए ।
बिहान ६ बजेतिर त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक भइरहेको पाएपछि किचनमा अर्को चाबीले ढोका खोल्दा उनी झुण्डिरहेको अवस्थामा भेटिएका थिए । टावल झुण्ड्याउने डन्डी बलियो र अलिक हाइटमा भएकाले बेल्टले घाँटीमा पासो लगाउन सजिलो भएको परिवारको बुझाइ छ । त्यतिखेर उनको आइफोन सेभेन मोबाइल खल्तीमै थियो ।
सन् २००९ मा विद्यार्थी भिजामा लन्डन आएर सन् २०११ मा नेपाल फर्किएका उनी बिहेपछि २०१४ मा स्पाउज भिजामा यूके आएका थिए । ब्रिटिश पासपोर्ट होल्डर श्रीमती अस्मिताको स्पाउज भिजामा थिए उनी । २५ वर्षकै उमेरमा विधवा बनेकी यमकी श्रीमती र समस्त परिवार यतिखेर शोकमा छ ।
आत्महत्याको दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङ मा व्यस्त थिए । करिब ९५ प्रतिशत रेकर्डिङ सकिइसकेको र जनवरी १५ भित्र एल्बम रिलिज गर्ने सोचमा रहेका थिए ।
पोष्टमार्टम बुधबार
अधिकारीको शव हार्रोमा रहेको नर्थविक पार्क अस्पतालमा राखिएको छ । उनको पोष्टमार्टम बुधबार मात्र हुनेछ । उनको निधनको कारण पोष्टमार्टम पछि मात्रै थाहा हुने बताईएको छ । तर र्यापर यमबुद्धले झुण्डिएर आत्महत्या गरेको उल्लेख छ । उनी एकमात्र छोरा भएकाले अन्त्येष्टि नेपालमै गर्ने चाहना बाबुको छ । यतिखेर यमकी आमा र दिदी अष्ट्रेलिया र बहिनी अमेरिकामा पिएचडी गर्दै छन् । सन् २०११ साथी बोलको गीतबाट यमबुद्धले चर्चा पाएका थिए । उनका आमा, फुटपाथ मेरो घर, यो प्रशंगसहितका गीत चर्चित छन् । उनका एकादेशमा र यमबुद्ध मिक्सटेप गरी दुई एल्बम निस्किएका छन् । उनी नयाँ एल्बम ‘खतरा’ को तयारीमा थिए ।
उनको मृत्युको खबरले अहिले उनका शुभचिन्तकहरु स्तब्ध भएका छन् । उनलाई देश विदेशबाट उनका शुभचिन्तकहरुले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् ।उनको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको सुरुवात, नाचन, आमा लगायत कयौं गीतहरु चर्चित छन् ।
यमबुद्ध नाम यसरी जुर्यो नाम
यमबुद्ध विदेशमा भएको बेलामा यही क्षेत्रका साथी भाईहरूसँगको वसाईका क्रममा दोहोरी चल्यो । फेसबुकमा प्रोफाइल बनाए जस्तो त्यहाँ पनि तिनीहरूको प्रोफाइलमा बुद्धको नाम देखें त्यहाँ पनि बुद्धलाई चिन्दा रहेछन् । यो कुराले मलाई उनलाइ छोयो ।
बुद्धको देशमा जन्मेको मान्छे हरेक मानिसमा हिंसात्मक र अहिंसात्मक अर्थात् (राक्षस र देवता)को दुवै गुण हुने बुद्ध देवता अर्थात शान्तिको प्रतिक भए राक्षसी रुपलाई यम भनेर सम्बोधन गर्ने भएकोले दुवै स्वरुप मिलाउँदा यमबुद्ध भई यो नाम जुर्न पुगेको हो ।
यस्तो भनेका रहेछन् ‘यमबुद्ध’ ले आत्महत्या गर्नु अघि साथीसँग फेसबुक च्याटमा
चर्चित र्याप गायक अनिल अधिकारी “यमबुद्ध” ले आत्महत्या गर्नु केहि दिन अघि आफ्नो साथीसंग गरेको फेसबुक च्याट बाहिरिएको छ । अधिकारीले सन् २०१७ को अन्त्य आफ्नो लागि निकै नै सुखद् हुने कुरा साथीसंग सामाजिक संजाल फेसबुकमा च्याट मार्फत जनाएका छन् ।
स्व. चर्चित र्याप गायक ‘यमबुद्ध’ को मार्मिक जीवनी, जुन पढेर हरकोहीको आँखा रसाउँछ
उनले उक्त फेसबुक च्याटमा भनेका छन् – ‘धेरै मान्छेहरु यो कुराले पश्चाताप गर्ने छन्, किनकी मैले विश्वका चर्चित ठूला -याप गायकहरु- ‘स्नूप डग’, रेड म्यान र अन्य -याप स्टारसंग काम गर्दैछु।’ उनको यस भनाईले उनि कुनै ठुलो मानसिक तनावमा रहेको जस्तो पनि देखिन्छ । या उनले आफ्नो सफलाको डाह गर्ने वा उनलाई कुनै हिसाबले मानसिक तनाव दिने मानिसहरुलाई इंकित गरेर ‘धेरै मान्छेहरु यो कुराले पश्चाताप गर्ने छन्’ भनेको हुनु पर्छ ।
उनले पुन: तल लेखेका छन् – ‘मलाई त्यस्ता मानिस आवश्यक सम्म नि पर्दैनन् त्यसकारण म धेरै खुसि छु, कमसेकम मेरा निकट साथी त खुसि नै हुनेछन् ।’
हेर्नुहोस् उनले साथीसँग गरेको फेसबुक च्याट:पारिपवारिक श्रोतका अनुसार घर आई खाना खाएर १२ बजे अस्मिताको साथमा सुतेका उनी । त्यसपछि साढे ३ बजे बाथरुम छिरेका उनी बेल्टमा झुण्डिएका भेटिए तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस बास्तबिकता :


<<राति साढे ३ बजे बाथरुम छिरेका यमबुद्ध बेल्टमा झुण्डिएका थिए>>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
0 comments
Write Down Your Responses