गगन थापा फेरी यसरी विवादमा मुछिए (भिडियो सहित)

श्रीमतीले गुन तिर्न खोज्दा श्रीमान् बदनाम । यस्तै हालत भएको छ, मन्त्री गगन थापाको । पारिवारिक र स्वकीय सचिवालयमा रहेका विवादास्पद व्यक्तिका कारण गगनको नाम एकपछि अर्को प्रकरणमा बद्नाम हुँदैछ । जनआस्था साप्ताहिकमा खबर छ– हालै मात्र स्वास्थ्य सेवा विभागको महानिर्देशकमा कांग्रेसनिकट मानिने डा. भीम आचार्यको नाममा टिपेक्स लगाएर स्त्रीकाण्डमा मुछिएका डा. राजेन्द्र पन्तलाई नियुक्ति दिलाएसँगै कांग्रेस नै गगनसँग रुष्ट बन्न पुगेका छन् ।खासमा, पन्तलाई त्यहाँको महानिर्देशक बनाउन गगनभन्दा बढी पत्नी अञ्जना र ठाइँला ससुरा केदारनरसिंह सक्रिय थिए । यसरी राजेन्द्रलाई महानिर्देशक नै बनाउनुपर्ने बाध्यता गगनपत्नीलाई के परेको रहेछ भने, तीन वर्षअगाडि राजेन्द्र स्वास्थ्य मन्त्रालयमातहत बालस्वास्थ्य विभागको प्रमुख थिए ।सोही समय हो, उनले गगनपत्नीलाई सेभ दी चिल्ड्रेनको प्रोग्राम कोअर्डिनेटर बनाइदिएको । यो युनिसेफ मातहत रही सञ्चालित आकर्षक प्रोजेक्ट हो । सेभ दी चिल्ड्रेन बालस्वास्थ्य महाशाखा मातहत रहेको सबैभन्दा बढी पैसा खेलाउन पाइने आइएनजिओसमेत हो । यो संस्थाको को–अर्डिनेटर बनाइएकी अञ्जनालाई यसको गुन तिर्नु थियो, राजेन्द्रलाई ।तीन वर्ष अगाडिको यसको हिसाब–किताब चुक्ता गर्नुथियो, गगनपत्नीलाई । त्यसको सबैभन्दा उत्ताम मौका पनि यही थियो । हो, सोही बदलामा उनको र गगनका ससुरा केदारनरसिंहको दबाबमा राजेन्द्रलाई गगनले स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएका हुन् ।पन्त तिनै व्यक्ति हुन्, जो खगराज अधिकारी मन्त्री हुँदा यिनको खेलो फड्कोबारे चाल पाएसँगै खगराजले उनलाई सुर्खेतमा सरुवा गराइदिएका थिए । रामजनम चौधरी मन्त्रीका रुपमा आएसँगै उनी आकर्षक र सबैभन्दा बढी पैसा खेलाउन पाइने बालस्वास्थ्य महाशाखामा सरुवा भएर प्रमुख बन्न आइपुगे । उनी त्यहीँ हुँदा हो बालस्वास्थ्य महाशाखाअन्तर्गत सेभ दी चिल्ड्रेनमा अञ्जनालाई जागिर खुवाइएको । यस्तो काम फत्ते गरेर गगन हालै मात्र जेनेभातिर उडेका छन् ।पूर्ण विवरण तलको लिंकमा क्लिक गर्नुहोस
<<गगन थापा फेरी यसरी विवादमा मुछिए>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses