यम बुद्धको शव शनिबार नेपाल ल्याइने(भिडियो सहित)

नेपाली युवाहरुको ढुकढुकी चर्चित र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को शव शनिबार काठमाडौं ल्याइने भएको छ।पारिवारिक स्रोतले जनाए अनुसार उनको शव काडमाडौं ल्याउने सबै प्रक्रिया पूरा भएको पारिवारीक स्रोतले जनाएको छ । स्रोतका अनुसार शनिबार अपराह्न ४ बजे उनको शव काठमाडौं त्रिभुवन विमानस्थल आइपुग्ने छ । र, श्रद्धाञ्जलिका लागि त्यहाँबाट सिधै प्रज्ञा भवन लगिनेछ सोही दिन पशुपतिनाथमा उनको अन्त्येष्टि गरिनेछ।लण्डनमा बस्दै लोकप्रिय र्‍यापरले माघ १ गते आत्महत्या गरेका थिए। ब्रिटिश पासपोर्ट होल्डर श्रीमती अस्मिताको सोढाईसँग उनी बिहेपछि सन् २०१४ मा स्पाउज भिजामा यूके आएका थिए । लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए ।घर आएर खाना खाइ करिब १२ बजे श्रीमती अस्मिता सेढाईंसँगै सुतेका उनी साढे तीन बजे बाथरुम छिरेका थिए । बिहान ६ बजेतिर त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक भइरहेको पाएपछि किचनमा अर्को चाबीले ढोका खोल्दा उनी झुण्डिरहेको अवस्थामा भेटिएका थिए ।आत्महत्याको दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङ मा व्यस्त थिए ।एक दशकअघि नेपाली र्‍याप संगीतमा पाइला चालेका उनी ‘साथी’ नामक गीतबाट युवा माझ प्रसिद्ध भएका थिए। सामाजिक विविध पाटा जोड्दै र्‍याप ब्याटलमा प्रस्तुत गर्न माहिर उनका ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ एल्बम प्रकाशित छन्। पछिल्लो समय उनी ‘खतरा’ एल्बमको तयारीमा थिए।स्रोत : रिसेन्ट नेपाल
पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<यम बुद्धको शव शनिबार नेपाल ल्याइने>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses