दलित युवकसंग छम्कीकुमारी मगरको
कतिपय ठाउँमा अझै पनि दलित–गैरदलितबीच छुवाछूतकै व्यवहार छ। साउने ३ भैंसेमा आइतबार दलित युवाको एक स्थानीय मगर कन्यासँग वैदिक विधिपूर्वक धुमधाम विवाह भयो, त्यो पनि मागी। परिवारको सल्लाहपछि २२ वर्षीय बद्री विश्वकर्मा र २१ की छम्कीकुमारीले लगन गाँठो कसेका हुन्।
सामाजिक परम्परा र हिन्दु संस्कारअनुसार उनीहरूको विवाह गरिएको छ। छोराको विवाह गर्ने योजना बनाइरहेको थिएँ, बद्रीका बुबा अर्जुनले भने, ‘केटी खोज्ने काम भइरहेको थियो तर भेटिएको थिएन। एक्कासि छिमेकी गाउँका एक मगरले छोरी दिने खबर पठाए।मगरले छोरी दिने भनेपछि एकछिन दोधारमा परेको बुबा अर्जुनले बताए। कथित तल्लो जातको विश्वकर्माले उपल्लो जात भनिने मगरेकी छोरी कसरी मगनी गर्ने समस्या भयो, उनले भने, दोधारमै परेको अवस्थामा सम्धीले छोरी दिने भएपछि मागेर छोराको विवाह गरिदिएँ। बद्रीजस्तो केटा पाए विवाह गर्ने छोरीको योजना सुनेपछि सम्धीलाई बोलाएर कुरा छिनेर विवाह गरिदिने टुंगो गरेको छम्कीका बुबा कुमार मगरले बताए। केटाकेटी दुवै विवाहका लागि राजी भए। तर बेहुलीका बाबुले छोरीलाई सामान्य रूपले विवाह नगर्ने अडान लिएपछि जन्ती लिएर बद्री आइतबार छम्कीको हात माग्न गएका थिए।विवाहका लागि छम्कीको बुबा ससुरा तयार हुनुभयो, दुलाहा बद्रीले भने, तर सुटुक्कै नदिने भनेपछि पञ्चेबाजा बजाउँदै जन्ती लिएर लिन गएँ। जात नमिले पनि मन मिलेपछि जातीय छुवाछूत नमानेर मगर ससुराले वैधिक विधिपूर्वक विवाह गरेर छोरी बिदाइ गरेको उनले बताए।समाजमा रहेको जातीय छुवाछूतलाई अन्त्य गर्न बद्री र छम्कीको विवाहले उदाहरणीय काम गरेको कांग्रेस नेतासमेत रहेका बद्रीका दाजु गडुरमान विश्वकर्माले बताए। बद्री र छम्कीको विवाहभन्दा पनि छम्कीका बुबा कुमारले समाजका लागि बाटो देखाएको कुरा प्रशंसनीय छ, उनले भने, जातीय छुवाछूतले गाँजेको समाजमा कुमारजस्ता बुबाले गरेको कामको प्रशंसा गरेर मात्रै पुग्दैन।एउटा दलित युवकले सयको संख्यामा जन्ती लिएर उपल्लो जाति मानिने मगर कन्या मागेर विवाह गर्नु भनेको पछिल्लो समय समाज परिर्वतन हुँदै गएको उदाहरण बन्न पुगेको उनले बताए।srओत : अमेरिका नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses