बानेश्वरमा गाडी जलाउनेको रहस्य पर्दाफास, हेर्नुहोस्- घटनाको वास्तविकता यस्तो थियो(भिडियो सहित)
कार्यक्रम थियो चक्काजामको, भयो अर्कै
युवा संघले बुटवल र नेपालगंजमा आफ्ना कार्यकर्तामाथि भएको हमलाको विरोधमा शुक्रबार साडे तीन बजे काठमाडौंमा चक्काजाम गर्ने कार्यक्रम तय गरेको थियो । सोका लागि युवा संघका नेता कार्यकर्ता माइतीघर आउँदै थिए । उनीहरु पुग्नुभन्दा पहिले नै बानेश्वरमा युवा संघको एउटा समुहले ताण्डव गरिसकेको थियो जुन समुह तुलसीलाल अमात्य स्मृति भवनमा पार्टी अध्यक्ष केपी ओलीसँग कानेखुशी गरेर बाहिरिएको थियो । बानेश्वरमा आगजनी भएपछि चक्काजामको कार्यक्रम बिथोलिएको थियो । त्यसपछि युवा संघको कार्यलयमा पुगेका नेता कार्यकर्ताले सबै कुरा बुझेका थिए । कार्यालयका घरबेटीले मुख्य ढोका लगाइदिएका थिए ।रविन्द्रले भनेझैं प्रहरीले पक्राउ गर्ला ?नेकपा एमालेका युवा नेता एंव सांसद रविन्द्र अधिकारीले सरकारी गाडीमा आगजनी गर्नेलाई पक्राउ गर्न सरकारसँग माग गरेका थिए । उनले सामाजिक संजालमा स्टाटस लेख्दै हिंसा एमालेको नीति नभएको र आगजनी गर्ने जो भएपनि कानूनी दायारामा ल्याउनुपर्ने जनाएका थिए । आगजनी गर्ने व्यक्तिहरु राष्ट्रपतिकी सहयोगी देखि सरकारी कर्मचारी तथा युवा संघका पदाधिकारी रहेको सत्य खुलेको छ । के यिनीहरुलाई पक्राउ गर्न एमाले राजी छ ? अधिकारी स्वंय सहमत होलान् ? प्रश्न गम्भीर बनेको छ ।घोषणा एउटा, व्यवहार अर्कैनेकपा एमालेले संविधानसभाको दोस्रो निर्वाचनमा कुनैपनि बाहानामा बन्द हडताल र तोडफोड नगर्ने वाचा गरेको थियो । प्रतिपक्षको बेन्चमा बस्न थालेसँगै एमालेका नेता कार्यकर्ता एकपछि अर्को बन्द हडताल र तोडफोडमा लागेका छन् । एमालेको घोषणा आफैँलाई घाँडो बनेको भनि टिकाटिप्पणी व्याप्त छ ।स्रोत : नेपाल आज
पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<बानेश्वरमा गाडी जलाउनेको रहस्य पर्दाफास>>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses