चाणक्य नीतिः सम्भोगपछि जरुरी छ नुहाउनु, जान्नुस् किन ?

आत्मिक स्वच्छता

हिन्दू धर्ममा शारीरिक सँगै मानसिक र आत्मिक स्वच्छतामा धेरै फरक छ । हिन्दू शास्त्रहरु अन्तर्गत यहाँ भनिएको छ कि मानिसले दिनमा तीन पटक स्नान (नुहाउनु) अनिवार्य छ ।

ब्रह्ममुहूर्त

यदि कोही मानिस शास्त्रअनुसार आफ्नो जीवन व्यतीत गर्न चाहन्छ भने उसले सर्वप्रथम ब्रह्ममुहूर्त अर्थात विहान ४–५ बजेको बीचमा नुहाउनुपर्छ ।

स्नान

दोस्रोपटक नुहाउने समय दिउँसोका लागि निश्चित छ । र, तेस्रो अर्थात दिनको अन्तिम स्नान साँझ ६ बजेपछि गर्नुपर्छ ।

स्नान

हिन्दू शास्त्रका अनुसार पुरै शरीर धुनुभन्दा पनि हातखुट्टा धुनुलाई निकै महत्वपूर्ण मानिन्छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले आफ्नो हात र खुट्टा अनिवार्य धुनुपर्छ । यसका अलावा खान खानुभन्दा पहिला र खाइसकेपछि पनि हात खुट्टा धुनुपर्छ ।

हिन्दू धर्म

हिन्दू धर्म ग्रन्थहरुमा यो कुराको उल्लेख गरिएको छ कि शरीरमा स्वच्छ पानी खन्याउँदा अत्मिक मात्रै होइन् शारीरिक शक्तिमा पनि बल मिल्छ । यस्तो गर्नाले तपाईको मांसपेशिहरु पनि मजबुत हुन्छ र मस्तिष्क खुल्छ ।

आचार्य चाणक्य

हिन्दू शास्त्रका अलावा महान नीतिशास्त्र आचार्य चाणक्यद्धारा पनि स्नानको बहुमूल्य महत्वहरुका विषयमा बताइएको छ । उनका अनुसार ४ यस्ता मुख्य कार्य छन् जसलाई गर्नका लागि मनुष्यले स्नान अवश्य गर्नुपर्छ ।

शारीरिक स्वास्थ्य

यदि यसो नहुने हो भने व्यक्तिलाई शारीरिक स्वास्थ्यलाई हानी त हुन्छ नै साथै उसको अध्यात्मिक स्तरको पनि नाश हुन्छ ।

शव यात्राबाट फर्किएपछि…

चाणक्यका अनुसार शवयात्रा वा अन्तिम संस्कारबाट फर्किएपछि व्यक्तिको घर प्रवेश गर्नुभन्दा पहिला अनिवार्य स्नान गर्नुपर्छ । मृत्युपछि शरीरभित्र रहेको रोग प्रतिरोधक क्षमता समाप्त हुन्छ र मृतकको शरीरबाट धेरै ब्याक्टेरिया उत्पन्न हुन्छ, यी ब्याक्टेरिया अन्य मानिसहरुलाई नोक्सान पुगाउँन सक्छन् ।

मृतकको शरीर

मृतकको शरीर जब पञ्च तत्वमा विलिन हुन्छ तब ब्याक्टेरिया निक्लेर बाहिर आउँछ र बाहिर उभिएका मानिसको शरीरमा आउँछ । घर प्रवेश गर्दा पहिले यदि स्नान गर्नुभयो भने यी ब्याक्टेरिया तपाईको शरीरबाट हट्छ ।

सम्भोग

सम्भोगपछि कुनैपनि धार्मिक क्रियामा शामिल हुनुलाई राम्रो मानिदैन् । यसकारण यो निकै जरुरी छ कि सम्भोगपछि स्नान गरिनुपर्छ । त्यसपछि मात्रै अन्य कुनै कार्यमा समावेश हुन सकिन्छ ।

सम्भोग

चाणक्यका अनुसार सम्भोगपछि स्नान गर्नु अत्यन्त आवश्यक छ । यस्तो गर्नुभन्दा पहिला घरको सरसफाइ पनि गर्नुहुँदैन् । किनकि यस्तो गर्नाले तपाई आफ्नो घरलाई असुद्ध हुन्छ ।

तेल मालिश

आचार्य चाणक्यका अनुसार व्यक्तिलाई हप्तामा एकपटक पुरै शरीरमा तेल मालिश जरुर गर्नुपर्छ । तर, एउटा कुरामा ध्यान पनि जरुर राख्नुस् कि तेल मालिशपछि स्नान गर्नु पनि त्यति नै जरुरी छ जति तेल मालिश ।

कपाल काट्नु

चाणक्यका अनुसार कपाल काटिसकेपछि स्नान गर्नुपनि निकै जरुरी छ, ताकि काटेको कपाल तपाईको शरीरबाट पखालियोस् । किनकि यदि यो कपाल हाम्रो शरीरमा रह्यो भने यसले ब्याक्टेरियालाई आमन्त्रण गर्नेछ जसले निश्चित रुपमा तपाईको स्वास्थ्यलाई नोक्सानी पुगाउँछ ।स्रोत : दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses