पहिलो लोग्नेलाई मन छुने यस्तो मार्मिक चिठी एकपल्ट अवस्य पढ्नुहोला

खै के भनेर सम्बोधन गरौं? मलाई नै थाहा छैन। मैले धेरै सोचेर तिम्रो नाममा यो अन्तिम पत्र लेख्दै छु। मलाई आशा छ, तिमीले यो पत्र पाउनेछौं। तिमी र तिम्रो समाजको अगाडि त म चरित्रहीन महिलाको रुपमा चिनिएकी छु होला सायद। तर, मेरो बाध्यता र मजवुरीलाई कसैले सायदै बुझ्ने कोशिश गर्ला। म आज यो पत्रमार्फत केही कुरा सुनाउँदैछु।
तिमीसँग मेरो पहिलो भेट मेरै माइती घरमा मेरो हात माग्न आको दिन भाको थियो। कक्षा ८ मा पढ्दा पढ्दै विहेपछि नि पढाउने कुरा सुनेर मेरो बाआमाले सहमति जनाएका थिए। मलाई त्यसवेला तिमीसँग पटक्कै विहे गर्न मन थिएन। तर, के गर्नु १७ वर्ष भैसकेको पिर मेरो बा आमालाई निक्कै थियो। नभन्दै त्यसको महिना दिनमै म बेहुली भएर तिम्रो घरको आँगनमा मैले पहिलो पटक पाइला टेकेकी थिए।राम्रोसँग वोलचाल समेत नभएको व्यक्तिसँग एउटै ओछ्यानमा रात विताउनु पर्दा म निक्कै डराएकी थिए। तिमी मभन्दा करिव ५ वर्ष जेठो भएपनि निक्कै मोटो थियौ। कतारवाट फर्केको लाहुरे न थियौं आखिर। मलाई विहान उठ्दा धेरै नै गाह्रो भएको थियो। नढाटी भन्नु पर्दा मलाई रातभर तिमीले राम्रोसँग निदाउनै दिएका थिएनौं। खासै वोलचाल नभएपनि म तिम्रो अंगालोमा निक्कै कस्सिएकी थिए। कोल्टे फेर्छु भन्ने आँट समेत थिएन मसँग।
नयाँ ठाउँ, नयाँ मान्छे र नयाँ नाता जोडिएको थियो मसँग। नयाँ बुहारी यसो गर उसो गर भनेर तिम्री आमाले मलाई सिकाको सिकाइ थिइन्। म भित्रिएको हप्ता दिनदेखि नै किन हो तिम्री आमाको व्यवहार बदलिएको थियो। कहिले यो भएन त कहिले त्यो भएन भन्दै मुख विगार्नुको कारण त मैले माइतीवाट दाइजो नल्याउनु पो रैछ अलिपछि थाहा पाए। गरिव माइती अलिअलि भएको सम्पति नि दिदीहरुको विहेमै सकिएको थियो। मैले तिम्रो मुख पनि राम्रोसँग देख्न पाइनँ। तिमी विहान ८ वजे उठ्दा म मेला पुगि सकेकी हुन्थे, घर फर्किदा तिमी गाउँ डुल्न हिडिसकेका हुन्थ्यौं। बेलुकाको खाना खाने समयमा झुलुक्क अनुहार देखिन्थो तिम्रो। म जुठा भाडा गरेर कोठा पुग्दा कहिले त निदाइसकेका हुन्थेउ तिमी। यसरी नै तिमीलाई कति खेर यौन इच्छा लाग्यो जागेर कोट्याउन थाल्थेउ म भने तिम्रो लागि सदावहार तयार हुनुपर्थाे त्यहाँ मेरो भावनाको कुनै सुनुवाइ हुने ठाउँ नै थिएन। मैले वारम्वार अब पढ्न जान्छु भनेर भन्दा यो भन्दा पढेर के गर्नु। मेरो छुट्टी सकिन लाग्यो म विदेश गएर धेरै पैसा ल्याउँछु। तिमीलाई पनि पसल खोलिदिउँला भन्दै फकाएका थियौ। मलाई त पूर्ण विश्वास थियो। तिमीले मलाई धोका दिन सक्दैनौ भनेर। विहे गरेको ६ महिनामै तिमी कतार जाँदा जत्ति मिठो सपना साँचेकी थिए त्यो त केवल वालुवाको महल भएछ आखिर।
विदेश गएको केही समय त तिमीले नि फोन सम्पर्क गरेर आँशु झार्दा सम्झाउने गरेका थियौ। तिमी विदेश गएपछि मैले घरमा पाएको दुखको भकारी तिमीलाई यो पत्रवाट बुझाउन सायद सक्दिन होला। घरमा तिम्रो आमाको मन मैले कहिल्यै वुझाउन सकिन खै किन हो मलाई देख्ने वित्तिकै उहाँको मुखमा आक्रोशको बाढी उर्लेर आको जस्तो लाग्थो मलाई। जव तिमी विदेश गएको २ वर्षमा अव छिट्टै घर आउँछु होला भनेको भोलि पल्टदेखि सम्पर्कविहीन भयौ तब मेरो जीवन कथाले फरक धार लियो। हुन त तिमी सम्पर्कमा भए पनि तिमीले मलाई आर्थिक सहयोग गरेका थिएनौं। जति खर्च पठाए पनि आमाले मलाई लुगा धुने सावुन किन्ने वाहेक कुनै रुपैयाँ दे’को हैन। बजारमा साथीहरुसँग भेट हुँदा ‘विदेशी स्वास्नी कति लोभ गर्छेस्, कति एउटै कुर्ता लगाको यसपालि त बजारमा यस्तो फेसन आको छ भन्थे यस्तो फोन आको छ भन्दै’ उल्लीविल्ली पार्दा उनीहरुलाई दिने कुनै जवाफ थिएन मसँग। दशैमा एक जोर लुगा पाउने भाग पनि तिमी सम्पर्कमा नआएदेखि खोसिएको थियो मेरो।
आमाले वारम्वार तेरो लाग्नेले पैसा पठाए पो किनिदिनु भन्दै झर्किन थालेपछि मैले कहिल्यै कुनै आश नै राखिन उहाँसँग। हुँदाहुँदा तिमी सम्पर्कमा नआएको नि दुई वर्ष वितिसकेको थियो। गाउँघरमा कहिले आउँछ तिम्रो श्रीमान भन्दै सोध्नेको संख्या वाक्लिदै थियो। म तिम्रो घरमा घरको कुकुर भन्दा नि तल्लो स्तरको भए जस्तो लाग्थ्यो। कुकुरलाई आमाले बोलाई बोलाई भात खान दिनु हुन्थ्यो तर मलाई कहिल्यै खाए नखाएको सोध्नु भएन। झिकेर खान मन लागे खान्थे नलागे भाडामै बासी हुन्थ्यो। मैले वोलाए एकोहोरो वोल्नु हुन्थ्यो नत्र उहाँले कमै वोलाउनु हुन्थ्यो। पछि पछि खै किन हो मलाई देख्ने वित्तिकै फलानी स्वास्नी पोइल गइ रे भन्दै मलाई नै ब्याङग्यात्मक ढङ्गले गाली गरे जस्तो लाग्थ्यो। तीजमा माइती जाँदा करिव २ महिना बसेकी थिए म। तर आमाले घर गरेर खान नसकेर माइती बसी भन्छन्।
माइतीवाट घर फर्किदा साँझ परिसकेको थियो। आमा भात खाँदै हुनुहुँदो रैछ अनि ससुरा बा भैसीको थलातिर। आमाले उतै बसेको भए भैहाल्थ्यो नि जुन केटासँग हिमचिम छ त्यहीसँग भनेपछि मलाई पनि अलि रिस उठ्यो के भन्नु भाको आमा? म माइतीवाट घर आउँदै छु। कुन केटासँग मेरो के छ र? मात्र भनेकी थिए आमा झोक्किदै मुख नचला। जुन वाटो आको हो त्यही वाटो लाग्। जस्को लागि ल्याको उसलाई त चाहिएन हामीलाई के गर्नु भन्नु भयो। साँझमा म कता जानु। ससुराले चुप लागेर कोठामा जाउ भन्दै इसारा गर्नु भयो र आँशु झार्दै कोठातिर उक्लिए। तिमी सम्पर्कमा नआएको नि ६ वर्ष वितिसकेको थियो। मैले धेरै पटक तिम्रो फोन ट्राइ नगरेको हैन तर के गर्नु मेरो कोशिश कहिल्यै सफल भएन। तिम्रो फोन कहिल्यै लागेन। माइतीवाट ल्याएको पैसा खाट मुनी रहेको टिनको बाक्सामा राखेर बसेकी थिएँ, के गर्ने भनेर सोच्नै सकेकी थिईन मैले। घाँस काटेर आउँदा नि कि ढिला आइस् कोसँग लागेकी छस्, यस्ता बचन सुनेर म वाक्क भइसकेकी थिएँ।
जसका लागि मैले सर्वस्व त्यागेर आए, उसको कुनै खबर छैन। कत्तिले उतै विहे गरेर बसेको होला भन्थे कसैले जेल परेको छ कि भन्थे भने कसैले मर्याे होला तिमी पनि आफ्नो बाटो लाग्दा हुन्छ भन्दै नानाथरीको कुरा सुनाउने गर्थे। मैले तिमीलाई खोज्न तिम्रो फोटो दिएर माइतीको दाई कतार जाँदा नि पठाएको थिए। तर उहाँले केही पत्ता लाउन सक्नु भएन। मैले मेरो जवानी तिम्रो पर्खाइमा आँशुको भेलमा धेरै धोएर सुहाएको थिए तर तिमी के कारणले सम्पर्कमा आएनाैं मलाई थाहा भएन। माइतीवाट ल्याएको पैसा पनि १५ दिनपछि बाक्सावाटै हरायो। मलाई त्यस घरमा पटक्कै बस्न मन लागेन।
माइती पनि जान मन नलागेपछि म हिंडे काठमाडौँमा भएकी गाउँकै साथीको तिर आखिर उही त थिई, जसले कहिलेकाहिँ दुखेको घाउमा मलम लगाइदिन्थी। कानको मुद्रा बेचेर घरमा माइत जान्छु भनेर काठमाडौं आएको केही समय साथीको कोठामा बसे। उसले गार्मेट कम्पनीमा काम नि खोजिदिएकी थिई। दिनभर काम गरेर साँझ उसकै कोठामा बस्थे तर एउटै कोठामा बस्न साह्रै असहज लाग्थ्यो। उसले त कहिल्यै केही भनिन् तर उसको श्रीमान खुशी थिएन जस्तो लाग्यो मलाई। अनि काम गर्ने ठाउँ नजिकै कोठा भएको जानकारी गार्मेन्टका साइला ठेकेदारले गरेपछि मैले आफ्नो बसाइ यता सारेको थिए। साइला पनि निकै सहयोगी थिए। उनको पनि कहानी मिल्दो जुल्दो रहेछ। काम गर्ने सिलसिलामै म निक्कै विरामी भएकी थिएँ। मेरो शरीरमा रगत कम भएर म मर्ने अवस्थामा पुग्दा पनि उनैले रगत दिएर मेरो ज्यान जोगाएका रहेछन् पछि थाहा पाए। मेरो पेटमा पानी जमेर म धेरै दिन थला पर्दा उनले मेरो ख्याल गर्नको लागि आफ्नी बहिनीलाई समेत गाउँवाट बोलाएका थिए।
खै किन हो आफू विरामी भएको खवर माइती नि गर्न मन लागेन। उनीहरुलाई त मैले काठमाडौंमा काम गर्न आएको खवर सुनाइसकेको थिए। विरामी भएरउठेपछि साइलाले काम गर्न दिनु भएन। म पैसा दिन्छु पछि काम गरेर तिर्दा हुन्छ भने पछि करिव ३ महिना म काममा गइनँ। साइलाले दैनिक फलफुल र औषधि लिएर आउने गरे। मैले पनि आफ्नो अतितको वारेमा सवै कुरा उनलाई सुनाएकी थिए र उनले पनि। उनले मलाई म तिमीलाई माया गर्छु के तिमी मसँग विवाह गर्न राजी छाैं भनेर सोधे। मेरो आँखावाट एक्कासी आँशुको भेल बगेछ उनैले पुछिदिए। र हामीले नजिकैको मन्दिरमा गएर दोस्रो पटक विहे गर्यौं।
मलाई समाजले कुन नजरले हेर्छ मलाई मतलव छैन। तिमी कहाँ छाैं मलाई थाहा छैन। मैले तिमीलाई कुरेर करिव ७ वर्ष बसेकै थिए। जब तिमी आउने आश मनवाट नै हरायो र मैले मेरो खुशी खोज्न थाले। यसरी मैले मेरो नयाँ जीवन सुरु गरेकी छु। मैले तिमी र तिमीसँगको नाता सधैको लागि तोडिदिए। म खुशी छु मलाई लाग्छ तिमी नि निराश छैनौ होला। म जस्ता कयौ चेलीहरु बाध्यताको भूमरीवाट रुमालिएर दोस्रो विहे गर्छन् होला। तर समाजले उनीहरुको कथा र वेदना कहिल्यै नियाल्ने कोशिश गरेको छैन। मात्र दोस्रो व्यक्तिसँग गाँसेको सम्वन्ध मात्र देख्छ।
मलाई तिमीसँग भेटेर धेरै कुरा गर्न मन थियो। तिमी किन एक्कासी हराएका थियौ र मैले किन दोस्रो विहे गरे भनेर सुनाउन र सुन्न मन थियो। त्यो कुरा सम्भव नभएपछि यो पत्रको साहराले आफ्नो कथा सुनाएँ।
उहीं तिम्री पहिलाकी श्रीमती तर अहिले अरु कसैकी भइसकेकी सपना।स्रोत : अमेरिका नेपाल 

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses