रामेछापमा ट्रिपर दुर्घटना, ४ जनाको मृत्यु
२९ मंसिर, रामेछाप । रामेछापको खाँडादेवी गाविसमा ट्रिपर दुर्घटना हुदा ४ जनाको ज्यान गएको छ । बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।
खाँडादेवी गाविसको चोप्राङमा मंगलबार साँझ पकरवास-गाल्पा सडकमा ग्राबेलिङको काम गरेर पात्लेमा रहेको क्याम्पमा जाने क्रममा ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा सिन्धुपाल्चोक घर भएका वर्ष ३० का ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमान घर भएका २३ वर्षका रुपेश भण्डारी, सर्लाही घर भएका २२ वर्षका बिकास पौडेल र ललितपुर चापागाउँ घर भएका वर्ष ३५ किरण डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिए ।
किरण डाँगी बा २ क १०३८ नमबरका अर्का ट्रिपर चालक हुन् भने रुपेश भण्डारी जेसीभी हेल्पर हुन् ।
दुर्घटनामा ज्यान गुमाएका परिवारहरु सबै सम्पर्कमा नआएका कारण समस्या भएको सडकको काम गरिरहेको अनक कम्पनीका ठेकेदार केशव प्रधानले बताए । अहिले शव पोष्टमार्टमका लागि सदरमुकाम मन्थली ल्याइएको छ ।
यसैबीच पोखराबाट लेखनाथतर्फ जाँदै गरेको ग १ ख ३७१८ नम्बरको ट्रिपर पोखरा र लेखनाथ जोड्ने बिजयपुर पुलबाट खोलामा खस्दा ट्रिपर चालक तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ का २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको छ ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses