ट्रिपर खोलामा खस्दा चालकको मृत्यु, सहचालक घाइते
२९ मंसिर, पोखरा । पोखराको बिजयपुर पुलबाट गुडिरहेको ट्रिपर खोलामा खस्दा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन् ।
पोखराबाट लेखनाथतर्फ जाँदै गरेको ग १ ख ३७१८ नम्बरको ट्रिपर पोखरा र लेखनाथ जोड्ने बिजयपुर पुलबाट खोलामा खस्दा टि्रपर चालक तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ का २७ वर्षीय टुकबहादुर क्षेत्रीको ज्यान गएको हो ।
मंगलबार राति ७:५५ बजे ट्रिपर खोलामा खस्दा गम्भीर घाइते भएका क्षेत्रीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सहचालक क्यूँ गाविस वडा नम्बर ४ घर भएका प्रेम नेपाली उपचार पछि घर फर्किएका छन् ।
ट्रिपर खोलामा खसेको स्थानियले देखेपछि तत्कालै उद्धार गरेर अस्पताल लगेका थिए । तिव्र गतिका कारण ट्रिपर दुर्घटना भएको ट्राफिक प्रहरीको भनाई छ ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses