मलमूत्र खुवाएपछिको मृत्यु प्रकरण : मिलापत्र गराउने प्रहरी इन्चार्ज फेरिए - भिडियो सहित

काभ्रे-दलित महिलालाई मलमूत्र खुवाएर कुटपिट गरेको घटनामा मिलापत्र गराउने प्रहरी इन्चार्ज जिल्ला तानिएका छन्। घटनाको विषयमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले समेत गम्भीरताका साथ अनुसन्धान गर्न प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको थियो ।
काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाका अनुसार प्रहरी चौकी चौबासका इन्चार्ज असइ प्रेमपुकार चौधरीलाई जिल्ला तानिएको छ भने बुधबारदेखि नयाँ इन्चार्ज पठाइनेछ । स्थानीय शिक्षकको नेतृत्वमा विद्यालयको पोलमा बाँधेर कुटपिट गरी दिसा खुवाएको तेस्रो दिन प्रहरीले मिलापत्र गराएको थियो, चौथो दिन महिलाको मृत्यु भएको थियो ।
दुव्र्यवहार भएपछि न्याय माग्न आएका पीडितलाई प्रहरी इन्चार्जले आफूहरूले महिलाको विषय नहेर्ने भन्दै फर्काइदिएका थिए । तर, गाउँमा गएका प्रहरी इन्चार्जले थप अनुसन्धान गर्नुको सट्टा मिलापत्र गराएका थिए । तर, मिलापत्रमा बोक्सी र मलमूत्रको कुरा लेखिएको छैन । ‘निवेदन र मिलापत्रको कागज हेर्दा बोक्सीको विषय कतै देखिएको छैन,’ एसपी थापा भन्छन्, ‘तर पनि आरोप लागेपछि वास्तविकता बुझ्न उनलाई जिल्लामा ल्याइएको हो ।’ आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ  |

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses