युरोपका कांग्रेसले सामाजिक सञ्जालबाट प्रतिरोध गर्ने ;

युरोपका कांग्रेसले सामाजिक सञ्जालबाट प्रतिरोध गर्ने मङ्गलबार, २८ मङि्सर २०७३, ११ : १९ | चिरन शर्मा |युरोपका कांग्रेसले सामाजिक सञ्जालबाट प्रतिरोध गर्ने भेलाका सहभागी। तस्विर सौजन्यः नेपालीनेपाली डट कम फ्रयांकफोर्ट (जर्मनी) — नेपाली कांग्रेस भातृसंस्था नेपाली जनसम्पर्क समिति यूरोप क्षेत्रको २ दिन भेला ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सोमवार फ्रयांकफोर्टस्थित होक्टरर्स होफ होटलमा आयोजित भेलापछि जारी गरिएको घोषणा पत्रमा संविधान संशोधन लगायतका विषयमा सामाजिक सञ्जालबाट कांग्रेसविरूद्ध सुनियोजित प्रहार भइरहेको भन्दै त्यसविरूद्ध एकढिक्का भएर प्रतिरोध गर्ने निर्णय गरिएको छ। घोषणा पत्रमा संविधान संशोधन लगायतका विषयमा सामाजिक सञ्जालबाट कांग्रेसविरूद्ध सुनियोजित प्रहार भइरहेको भन्दै त्यसविरूद्ध एकढिक्का भएर प्रतिरोध गर्ने निर्यण गरेको छ। 'मधेस आन्दोलन तथा संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्ने उद्देश्यले नेपाली कांग्रेसले अगाडि सारेको राजनीतिक मार्गदिशालाई लिएर नेपाली कांग्रेस तथा पार्टी नेतृत्वबिरुद्ध नियोजित रुपमा सामाजित सञ्जालमा भैरहेको आक्रमणप्रति यो भेला खेद प्रकट गर्दछु, घोषणापत्रमा भनिएको छ, 'कांग्रेसमाथि सामाजिक सञ्जालमा हुने आक्रमणको एक ढिक्का भएर प्रतिरक्षा गर्न विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्तालाई यो भेला आग्रह गर्दछ।' भेलामा नर्वे, स्विडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्जेम्बर्ग, पोल्यान्ड, बेलायत र आयरल्यान्डका प्रतिनिधिले सहभागी थिए। जनसम्पर्क समित यूरोपका सभापति दिल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भेलाले नेपाली समुदायको बाक्लो उपस्थिति रहेको स्पेन र पोर्चुगलमा नेपाली दूतावास तत्कान स्थापना गर्न नेपाल सरकार समक्ष माग गरेको छ। 'घलेको नेतृत्वमा गैरआवासीयको शिर ठाडो' एनअारएनए उपाध्यक्ष कुमार पन्त भेलाको अन्त्यमा आयोजित अन्तरक्रियामा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले एनआरएनएले भूकम्पको केन्द्रविन्दू गोरखा लाप्राकमा ६ सयभन्दा बढी घर सहितको नमुना बस्ती निर्माण तथा अन्य विषयमा अध्यक्ष शेष घले नेतृत्वको चर्चा गरे। ‘भूकम्प लगत्तै राहतमा अहोरात्र खट्नेदेखि भूकम्पपीडितका घर बनाइदिने कार्यमा शेष दाई र जमुना भाउजूले नेपालको सरकार तथा कर्मचारी संयन्त्रका अप्ठ्यारा चिर्दै गरेका कामहरुले आज सम्पूर्ण गैरआवासीय नेपालीहरुको शिर उचो पारिदिएका छन्’, उनले भने, 'यो कामले गर्दा अाज गैरअावासीय नेपालीहरु केही गर्न सक्षम छन् भनेर प्रमाणित भएको छ।' एनआरएनएको इतिहासमा घलेको कार्यकाल एउटा सफल उदाहरणको रुपमा रहने उनले बताए। शेष घलेको नेतृत्व टोलीमा सबैभन्दा नजिकबाट संलग्न हुन पाएकोमा उपाध्यक्ष पन्तले खुशी व्यक्त गरे। नमुना बस्ती निर्माण कार्य सम्पन्न गर्ने, आफ्नै भवन निर्माण पूरा गर्ने लगायत अध्यक्ष घलेले सुरु गरेका महत्वपूर्ण काम पूरा गर्न एनआरएनएलाई सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको भन्दै उनले ती काम सम्पन्न गर्नका लागि नेतृत्वको भारी बोक्न आफू तयार रहेको पनि बताए। कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहाकार पुष्प थापा, प्रवासी नेपाली मञ्च जर्मनीका अध्यक्ष चन्द्र कान्त आचार्य, नेपाली जनप्रगतिशिल मञ्च जर्मनीका अध्यक्ष सागर पोखरेल, गैरआवासीय नेपाली संघ बेल्जियमा अध्यक्ष गंगाधर गौतम लगायतले मन्तब्य दिएका थिए। यस्ते छ घोषणापत्रको पूर्ण पाठ नेपाली जनसम्पर्क समिति यूरोपको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत कार्यकर्ता भेला जर्मनीको फ्रयांकफोर्टमा ११, १२ डिसेम्बर २०१६ मा भब्य रुपमा सम्पन्न भयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सभापति दिल बहादुर गुरुङ लगायतको विषेश उपस्थित थियो । यूरोपस्थित नेपाली जनम्पर्क समितिका १२ देशका प्रतिनिधिहरुको सहभागीमा सम्पन्न भेलाले नेपाली जनसम्पर्क समिति यूरोपलाई अझ सशक्त पार्दै यूरोपका अन्य मूलुकमा समेत जनसम्पर्क समिति बिस्तार गर्ने निर्णय गर्दै यो भेला निम्नानुसारको फ्रयांकफोर्ड घोषणा पत्र जारी गर्दछ। १. भेलालाई भब्य रुपमा सम्पन्न गर्न यूरोपका बिभिन्न देशबाट सहभागी प्रतिनिधि, संयोजनको जिम्मा लिएको नेपाली जनसम्पर्क समिति जर्मनी, गैरआवासीय नेपाली संघका अग्रज तथा नेपाली कांग्रेस नेता तथा कार्यकर्ताप्रति यो भेला धन्यवाद ज्ञापन गर्दछ। २. नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति यूरोपको १० औं वार्षिकोत्सवको असरमा पठाउनु भएको शुभकामना सन्देशका लागि भेला धन्यवाद ज्ञापन गर्दछ । त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाको मार्गदिशालाई आत्मसाथ गर्दै अगामी दिनमा जनसम्पर्क समिति यूरोप अगाडी बढ्ने यो भेला प्रतिबद्धता जाहेर गर्दछ। ३. नेपाली जनसम्पर्क समिति यूरोपको विद्यान आगामी २ महिना भित्र तयार गर्न नारायण आचार्य संयोजक, सहसंयोजकहरु भिम केसी, राजकुमार त्रिपाठी, सदस्यहरुमा झलक केसी, पुष्प थापा, चिन्तामणी सापकोटा, बाबुराजा लामा, योसदा थापा, हरी पौडेल र बिमलबावु उपाध्याय रहेको एक विद्यान समिति गठन गरियो। यो भेलाले नेपाली जनसम्पर्क समिति यूरोपलाई नेपाली कांग्रेसको औपचारिक रुपमा बैधानिक बनाउन नेपाली कांग्रेस केन्द्रिय विद्यानमा समेट्न पार्टी समक्ष जोड्दार माग गर्दछ। ४. नेपाली जनसम्पर्क समिति यूरोपको दोश्रो अधिवेसन नेपाली कांग्रेस केन्द्रिय समितिसँग समन्वय गरी आगामी ३१ जुलाई २०१७ भित्र गर्ने यो भेला सर्वसम्मत निर्णय गर्दछ। सो अधिवेसनको निर्वाचनका लागि इन्द्र पकवान क्षेत्रिको नाम संयोजक तोकिएको छ। ५. विदेशमा बस्ने नेपालीहरुको साँझा संस्था गैरआवासीय नेपाली संघको अभियानलाई अझ प्रभावकारी बनाउन बिभिन्न देशमा गठन भएका गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिसँग सहकार्य गर्दै आगाडि बढ्ने यो भेला प्रतिवद्धता जाहेर गर्दछ। ६. देशमा भैरहेको राजनैतिक अन्योलका कारणले नेपाल आर्थिक तथा सामाजिक रुपमा अझै पछि धकेलिदै आएको भेलाले ठहर गर्दै राजनीतिक निकासका लागि संसदमा प्रस्तुत संविधान संसोधन विधेयकलाई संसदबाट पारित गरि तत्काल स्थानीय निर्वाचनको घोषणा गर्न यो भेला सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ। ७. नेपाली समूदायको बाक्लो उपस्थिति रहेको स्पेन र प्रोतुगलमा नेपाली दूतावास तत्कान स्थापना गर्न नेपाल सरकार समक्ष यो भेला जोडदार माग गर्दछ। ८. मधेस आन्दोलन तथा संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्ने उद्देश्यले नेपाली कांग्रेसले अगाडि सारेको राजनीतिक मार्गदिशालाई लिएर नेपाली कांग्रेस तथा पार्टी नेतृत्वबिरुद्ध नियोजित रुपमा सामाजित सञ्जालमा भैरहेको आक्रमणप्रति यो भेला खेद प्रकट गर्दछ। आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी पार्टी नेपाली कांग्रेस माथि सामाजिक सञ्जालमा हुने आक्रमणको एक ढिक्का भएर प्रतिरक्षा गर्न विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्तालाई यो भेला आग्रह गर्दछ। १२ डिसेम्बर २०१६, फ्रयांकफोर्ट, जर्मनी तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses