नेपालको राजनीति तात्यो, जनताको समर्थन...पूर्वराजाको विज्ञप्तिले क्याविनेटमा पनि हंगामा, दरबार हत्याकाण्डको छानविन गर्ने!
पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार जारी गरेको विज्ञप्तिले नेपालको राजनीति तातेको छ ।
शाहले देश विखण्डन गर्न खोजिएको र त्यसलाई जोगाउन अब जाग्नैपर्ने बेला आएको भन्दै सम्पूर्ण नेपाली जनतामा राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका लागि अपिल गरेका थिए ।
पूर्वराजा शाहको यो अपिललगत्तै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आत्तिदै बुधबार राति नै ज्ञानेन्द्रको प्रतिवाद र सतर्क रहनुपर्ने जवाफ फर्काए ।
तर, धेरैले पूर्वराजाको अपिललाई सकारात्मक रुपमा लिए । र, अब राजा फर्किनसक्ने अनुमान समेत गरे । किनकि यो विज्ञप्ति पूर्वराजा शाहले चीन भ्रमणबाट फर्किएपछि जारी गरेका थिए ।
उसैपनि देशमा भइरहेको राजनीतिक अस्थिरताका कारण पनि पूर्वराजाको अपिललाई जनताले मनपराएको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।
क्याविनेटमा हंगामा, दरबार हत्याकाण्डको छानविन गर्ने!
पूर्वराजाको विज्ञप्तिले राजनीति तातिरहेका बेला बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा पनि ज्ञानेन्द्रको चर्चा भयो । पूर्वराजा शाहले राजनीतिक दल र जनआन्दोलनको उपलब्धीप्रति प्रश्न उठाउँदै राजनीतिक वक्तव्य जारी गरेको भन्दै क्याविनेटमा केही मन्त्रीहरु आत्तिएका थिए ।
यसको अग्रपंक्तिमा थिए उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि । उनले ज्ञानेन्द्रले हामीसँग निहुँ खोजेको भन्दै दरबार हत्याकाण्ड पुनः छानबिन गरिनुपर्ने कुरा उठाए ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्री निधीले दरबार हत्याकाण्डको छानविन प्रतिवेदन त्यत्तिकै थन्किएको भन्दै अब त्यसलाई खोतल्नुपर्ने कुरा उठाएपछि कांग्रेसकै केही मन्त्रीले भने अहिले संविधान कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने भन्दै निधिको कुरालाई रोकेका थिए ।
बैठकमा अध्यक्षता गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निधिको प्रस्तावमा समर्थन जनाउँदै पूर्वराजाको वक्तव्य आउनुलाई सामान्यरुपमा लिन नहुने बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले बैठकमा ‘हामी अहिले संविधानको कार्यान्वयनमा फोकस हुनुपर्छ । परिवर्तनविरोधी तत्वलाई पराजित गरेर अगाडि बढ्नुपर्छ,’ भनेका थिए ।
स्रोत : दैनिक नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses