शरिरमा दाद आउँछ ? यसरी गर्नुहोस् उपचार (थाहा पाउनुहोस)

दादले कतिसम्म तनाव दिन्छ, भोग्नेलाई थाहा हुन्छ । शरीरका काप परेका भागमा दाद बढी आउँछ । खपिनसक्नु चिलाएपछि कन्याउनै प¥यो । सार्वजनिक ठाउँमा दादकै कारण तनाव व्यहोर्नुपर्ने हुन्छ । समस्या भोगिरहेकाहरू औषधि सेवन गर्दा पनि दाद निको नभएको गुनासो गर्छन् । कोही ठीक भए पनि फेरि दोहोरिएको व्यथा सुनाउँछन् ।

उसो भए के गर्ने ?

छालारोग विशेषज्ञ डा. सबिना भट्टराईले दिएकाे सुझाव हामीले पनि यहाँ प्रस्तुत गरेका छाैंः

किन आउँछ दाद ?

धेरै मैलो शरीरको ओसिलोपन भएको ठाउँमा दाद आउँछ । शरीर बढी गुम्सिँदा पसिना आउँछ र बढी आद्रताका कारण शरीरमा ढुसी बन्छ । बढी ओस र तातोपन मिसिँदा नै ढुसी फैलिन्छ । त्यसैले काप परेको स्थानमा बढीजसो दाद देखिन्छ । सुरुमा सिक्काजस्तो गोलो आकारमा दाद देखिन्छ । वातावरणीय प्रदूषण र व्यक्तिगत लापरवाही यसका मुख्य कारक हुन् ।

किन हुँदैन निको ?

सिक्काजस्तो फुस्रो दाग सामान्य चिलाउने प्रक्रियाबाट सुरु भएर जटिल घाउ बन्न सक्छ । यो सरुवारोग नै हो । दाद निको नहुने भन्ने हुँदैन । तर, आफ्नै कमी कमजोरीका कारण निको नहुने हो । शारीरिक सफाइमा ख्याल नगर्नु, शरीरलाई ओसिलो बन्नबाट नरोक्नु र उपयुक्त औषधि प्रयोग नगर्नु नै दाद जटिल बन्ने कारण हो ।

हचुवाको भरमा सामान्य औषधि खाने तथा जथाभावी मलम लगाउने गर्दा समस्या बढी हुन्छ । यस्तो औषधिले दुई–तीन दिन चिलाउन छाडे पनि सधैँका लागि दाद निको हँदैन । अधिकांश पसलेले स्टिरोएड नामको औषधि चलाइदिन्छन् । यो औषधिले त शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाएर झनै समस्या निम्त्याउँछ ।हचुवाको भरमा लगाइने मलमले घाउलाई झनै बढाइदिन्छ र उपचार नै जटिल बन्छ ।

कसरी पार्ने निको ?

दाद निको पार्न वेलैमा छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । सम्बन्धित चिकित्सकले परीक्षण गरेर दिएको सुझाव अनुसार मात्रै उपचार गर्नुपर्छ । दादको प्रकार अनुसार उपचार फरक हुन्छ । चिकित्सकले भनेको अवधि भर तोकिएको औषधि खाने तथा लगाउने गर्नुपर्छ । दादको औषधि लगाउने तथा खाने अवधि कम्तीमा पनि एक महिनाको हुन्छ । शरीरको जुन सतहसम्म ढुसी हुन्छ, त्यो हट्न कम्तीमा एक महिना लाग्छ ।

यसको उपचार क्लिनिकल केयर र माइक्रोलोजिकल केयर गरी दुई प्रकारले गर्नुपर्छ । अस्पतालमा चिकित्सकको निगरानीमा गरिने उपचार क्लिनिकल केयर हो । त्यस्तै, चिकित्सकले उपचारपछि घरमै बसेर नियमित औषधि उपचार गर्नु माइक्रोलोजिकल केयर भनिन्छ ।

बिरामीको क्लिनिकल उपचारपछि चिकित्सकले निश्चित अवधिका लागि औषधि दिएका हुन्छन् । हल्का निको भयो भनेर बीचैमा औषधि छोड्नु हुँदैन । दादको समस्याबाट मुक्ति पाउन कटनका लुगा लगाउनुपर्छ । पसिना शरीरमा ओभाउन दिनु हुँदैन । शरीरमा हावा खेल्ने कपडा लगाउनुपर्छ । शारीरिक सफाइमा ध्यान दिनुपर्छ ।स्रोत : पुर्बेली न्यूज

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses