मलद्वारमा यौनसम्पर्क गर्नाले के-कस्ता असर देखा पर्छन् ? (जानी राखौ )

मलद्वारमा यौनसम्पर्क
धेरैजसोले यौनसम्पर्क भन्नाले योनि-लिङ्ग मैथुनलाई मात्र बुझछन्। यौनसम्पर्क योनि-लिङ्ग मात्र नभई मुख-मैथुन वा गुदा-मैथुन पनि हुनसक्छ। सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौनसम्पर्कलाई गुदा- मैथुन भनिन्छ। धेरै मानिस गुदामैथुनलाई समलिङ्गी यौन व्यवहार मान्छन् तर वास्तविकता के हो भने यो समानलिङ्गी व्यक्ति तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाबीच पनि हुन सक्छ। वैवाहिक जोडीको बीचमा पनि यस्तो यौनव्यवहार देखिन्छ।
मानिसहरू किन गुदामैथन गर्छन् ?
यो कुराको जवाफ प्राप्त गर्न सजिलो छैन, तर भिन्न भए पनि यो प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार नै हो भन्ने मान्यता छ। फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरको अन्य अङ्गभन्दा बढी यौन संवेदनशील हुन्छन्। योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्। अर्को कुरा, प्रोस्टेट अर्थात् पौरुष ग्रन्थि गुदानलीको ठीक अगाडि हुने भएकाले गुदामैथुन गर्दा अप्रत्यक्ष रूपमा पौरुष ग्रन्थिको घर्षण हुन्छ। यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ। गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई ana leroticism भनिन्छ। लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई ana lorgasm भनिन्छ। अर्कातिर, कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्यभन्दा फरक किसिमको कार्य गर्दा एक विशेष प्रकारको आनन्द एवं रोमाञ्चता अनुभव गर्छन्। गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनेर मानसिक रूपमा रोमाञ्च लिने चलन पनि छ।
गुदामैथुन गर्दा पर्ने असर ?
यदि आफ्नो साथीमा कुनै संक्रमण छ भने कुनै पनि यौनसम्पर्कमा जस्तै रोग सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुनबाट पनि सर्न सक्छन्। एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि-लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमपूर्ण मानिन्छ। त्यसो हुनुको कारण गुदानलीबाट योनिको जस्तो रस निस्कँदैन र त्यसको भित्री छालापनि पातलो र कमलो हुने भएकाले यौनसम्पर्कले चोट पुर्‍याउँछ र सजिलै रोगको संक्रमण हुनसक्छ। यौन रोगका अतिरिक्त मलाशयमा अन्य रोगका जीवाणु पनि हुन्छन्। यदि दुवै जनामा कुनै यौन रोग छैन भने पनि गुदामैथुन पछि लिङ्ग-योनि मैथुन गरे योनि वा मूत्र प्रणालीको संक्रमण हुनसक्छ।
डा राजेन्द्र भद्रा
डा राजेन्द्र भद्रा
तपाईंले सोध्नु भएको कतै दिसा रोक्न गाह्रो हुन्छ कि प्रश्नमा केही सत्यता छ। तपाईंलाई थाहै होला, ठूलो आन्द्रा वा मलाशयमा भएको दिसा रोक्ने किसिमको संरचना नै मलद्वारमा हुन्छ। मलद्वारमा एउटा गोलाकार मांसपेशी हुन्छ जुन खुम्चिएको अवस्थामा त्यसले मलद्वारलाई पूर्ण रूपमा बन्द गर्छ। यही मांसपेशी प्रयोग गरेर उपयुक्त समय नभएसम्म हामी दिसा रोक्छौं। उक्त मांसपेशी बन्द भएका बेला दिसा बाहिर आउन नसक्ने मात्र होइन, बाहिरबाट भित्र कुनै पनि कुरा सजिलै पस्न सक्दैन। यस्तो बेलामा लिङ्ग पसाउन गाह्रो हुन्छ र पसाउन खोजे पनि पीडा हुन्छ। मांसपेशी संकुचित भएर मलद्वार बन्द भएको अवस्थामा जबरजस्ती लिङ्ग, औंला वा अन्य वस्तु वारम्बार पसाइरहँदा उक्त मांसपेशी कमजोर हुने सम्भावना रहन्छ। त्यस्तो भए दिसा रोकेर राख्न केही गाह्रो हुन्छ। उक्त मांसपेशीको कसरत गरेर त्यसलाई बलियो बनाउन सकिन्छ, जसले गर्दा समस्या कम हुनसक्छ।
तपाइर्ंले प्राकृतिकता हराउने कुरा गर्नुभएको छ। यहाँ के भनौं भने गुदद्वार प्राकृतिक रूपमा यौनसम्पर्कका लागि बनेको अङ्ग होइन। त्यसका अतिरिक्त यसको छाला पनि योनिको तुलनामा निकै पातलो हुन्छ। त्यसैले चोटपटक लाग्न सक्छ।
के-कस्ता सावधानी अपनाउनुपर्ला ?
गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ। बाहिरी मांसपेशीलाई हामीले चाहेअनुरूप संकुचित गर्न वा खोल्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन। लामो अभ्यास पछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो गर्न सकिन्छ। गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे उक्त मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ। गुदामैथुनलाई सुखमय बनाउन गुदद्वारमा लिङ्ग, औंला वा अन्य केही वस्तु ग्रहण गर्ने व्यक्ति र उसको गुदद्वारको मांसपेशी तनावरहित स्थितिमा हुनु आवश्यक छ। यस्तो स्थितिमा गुदा-मैथुनलाई पीडारहित बनाउन सकिन्छ। कतिपय व्यक्तिले गुदाक्षेत्रमा आफ्नो साथीले खेल्दा वा भनौं सुमसुम्याउँदा औंला वा लिङ्गलाई गुदद्वारमा पसाउँदैन भन्ने कुरामा ढुक्क छ भने तनाव कम हुनुका साथै मांसपेशीको संकुचन पनि कम हुन्छ र यौनआनन्द प्राप्त गर्न मद्दत मिल्छ। योनिमा जस्तो रस नआउने भएकाले पर्याप्त मात्रामा थप चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ।
गुदद्वारमा बढी हानिकारक किटाणु हुने भएकाले संक्रमण नसरोस् भनेर कन्डमको नियमित तथा सही प्रयोग गर्नुपर्छ। योनिमा जस्तो प्राकृतिक चिप्लोपन नहुने भएकाले कन्डमलाई बिगार नगर्ने किसिमको चिप्लो पदार्थ प्रयोग गर्नुपर्ने हुनसक्छ। गुदद्वारमा प्रवेश गराइएको लिङ्ग कन्डम नफेरी त्यसै योनिमा प्रवेश गराउनु हुँदैन, किनभने योनिमा ती जीवाणुबाट संक्रमण हुनसक्छ। जीवाणुहरूलाई कम गर्न गुदद्वार वरिपरी मात्र सफा गरेर पुग्दैन, भित्रतिर सफा गर्ने डूसकै आवश्यकता पर्छ। त्यसो गर्दा पनि जीवाणुरहित बनाउन भने सकिँदैन। यौन प्रसाधन प्रयोग गरे पनि विशेष सावधानी अपनाउनुपर्छ। आफ्ना यौनअंगहरूमा चोट नलागोस् भनेर पर्याप्तमात्रामा चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ, साथै ती प्रसाधनको सतह चिल्लो र सम्म परेको (घोच्ने, काट्ने सम्भावना नभएको) हुनुपर्छ। गुदद्वार, मलाशयमा केही समस्या भएजस्तो लाग्यो, पीडा भैरह्यो वा दिसा गर्दा रगत आयो भने चिकित्सकबाट जँचाउनु बेस हुन्छ।
स्रोत : दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses