युवा संघका अर्का नेताको पनि बाँकेमा हत्या प्रयास,अवस्था चिन्ताजनक

रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्षको हत्या भएको दुई साता नहुँदै बाँकेमा आज बेलुकी युवा संघका अर्का नेताको पनि हत्या प्रयास भएको छ ।
बाँकेको कोहलपुरमा अज्ञात समूहले युवा संघका केन्द्रीय सदस्य एवं बाँके जिल्लाका इन्चार्ज सन्तोष बुढाथोकीको हत्या प्रयास भएको हो । आक्रमणकारीले घाँटीमा धारिलो हतियार प्रहार गरेका कारण बुढाथोकीको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ ।
उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ । तर, चिकित्सकहरुले नेपालगन्जमा उपचार हुन नसक्ने भनेपछि राजधानी ल्याउनका लागि हेलिकप्टरको खोजी भइरहेको युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले दैनिक नेपाललाई जानकारी दिए ।
काठमाडौँ ल्याउन नसके राति नै भारतको लखनउ लैजाने तयारी छ ।
कोहलपुर स्नुकर हाउसमा पुल खेलिरहेका बेला बुढाथोकीमाथि आज राति नौ बजे आक्रमण भएको हो । आक्रमणको कारण खुल्न नसके पनि युवा संघका अध्यक्ष पहारीले भने राजनीतिक कारण भएको बताएका छन् । आफ्ना नेता- कार्यकर्तामाथि एकपछि अर्को गरी आक्रमण हुन थालेको भन्दै पहारीले बदला लिने चेतावनी दिएका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेश काफ्लेले आक्रमणकारीको पहिचान भइसकेको जानकारी दिँदै चारैतिर नाकाबन्दी गरिएको बताए ।
युवा संघ बाँकेले घटनालाई सुनियोजित भन्दै अपराधीलाई तत्काल पक्राउ नगरिए आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।
स्रोत : दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses