विश्वलाई आश्चर्यमा पार्दै ट्रम्पले कसरी जिते ? यस्ता छन् पाँच कारण
राष्ट्रपति चुनावको अभियान सुरु गर्दादेखि आज जितका साथ अमेरिकी इतिहासमा नयाँ अध्यय गर्दासम्म डोनाल्ड ट्रम्पले हरेक पटक आशा र सम्भावनालाई गलत सावित गरेका छन् ।
धेरै कम मानिसहरु मात्र मान्थे कि उनी यो दौड (चुनावी)मा सामेल हुन पाउने छन्, उनले पाए । कमै मानिसलाई लागेको थियो कि उनी प्राइमरीमा विजयी हुन्छन्, भए उनले जिते ।
कमै मानिसलाई लाग्यो कि उनी रिपब्लिकन पार्टीको नोमोनिसनसम्म पुग्न सक्छन्, उनी पुगे । र कमै मानिसले विश्वास गरेका थिए कि उनले अन्तिम प्रतिस्पर्धा जिन्छन् तर, ट्रम्प विजयी भए र विश्व आश्चर्यमा परेको छ ।
ट्रम्पको जितलाई लिएर अहिले अमेरिकी इतिहासको सबैभन्दा ठूलो उथलपुथलका रुपमा हेरिएको छ । उनले यो कसरी सम्भव बनाए ? यस्तो छ पाँच कारणः
स्वेत क्रान्ति
ओहायो, फ्लोरिडा र नर्थ क्यारोलिना, एकपछि अर्को सबै महत्वपूर्णर् राज्य ट्रम्पको पोल्टामा गयो । यही कारण हिलारी क्लिन्टनकोे हारलाई कसैले रोक्न सकेन ।
डेमोक्रेट्सहरु मिडवेष्टमा बलियो भएको अपेक्षा राख्थे । नराखुन् पनि किन ? यो त्यही राज्यहरु हुन्, जसले दशकौंदेखि उनीहरुलाई नै भोट दिएको छ । र, समर्थन पाएको थियो कामकाजी गोरा मानिसहरुबाट । तर, यो पटक उनीहरुले पार्टी छाडेका छन् ।
ग्रामिण मतदाताले ठूलो संख्यामा भोट दिए, किनकी उनीहरुलाई लाग्न लोगेको थियो कि अमेरिकी प्रशासन त्यो समूहलाई नजरअन्दाज गर्दैछ ।
हिलारी क्लिन्टनले भलैं क्यालिफोर्निया, न्यूयोर्क र युटामा राम्रो प्रदर्शनको बलमा पपुलर भोट जित्न सफल भइन् तर, ट्रम्पले त्यहाँ जित हात पारे, जहाँ सबैभन्दा बढी आवश्यक थियो ।
बुलेटप्रूफ डोनाल्ड
ट्रम्पले ‘वार भेट्रान’ जोन क्याकेनको अपमान गरे । फोक्स न्यूज र उसको प्रिजेन्टर मेगिन केलीसँग लडे । महिलाबारे विवादित टिप्पणी गरेकोमा जब बवाल मच्चियो, उनले अधुरो माफी मागे ।
प्रेसिडेन्शियल डिबेटमा गडबडी गरे । तर, केही फरक परेन । उनीमाथि लगातार आक्रमण हुँदै गयो र उनी मजबूत बन्दै गए ।
शायद विवाद यति चाँडै बाहिर आयो कि एउटा पनि असर परेन । उनी यति बलिया सावित भए कि हरेक स्क्यान्डलले घाटा हुनुको साटो उल्टो उनीलाई नाफा हुन थाल्यो । यसका पछाडि कारण जे सुकै होस्, उनी बुलेटप्रूफ झै देखिए ।
फरक बाटो
उनी डेमोक्रेटिकविरुद्ध लडे । आफ्नै पार्टीभित्रको शक्तिसँग पनि भिडे । र, सबैलाई हराएर पनि देखाए ।
मार्को रुबियो, टेड क्रुज, क्रिस क्रिस्टी र बेन कार्सनले उनीको अगाडि घुँडा टेके । बार्नी स्याडर्स र टेड क्रुज पनि पछि हटे । कुनै पनि नाम जति शक्तिशाली होस् वा हसरदार । तर, सबैलाई ट्रम्पले पछि पारे ।
ट्रम्पलाई उनीहरु मध्ये कसैको मदत आवश्यक परेन । शायद उनी यसकारण जिते कि उनी यीनै ठूलाहरुविरुद्ध उभिए । उनी राजनीतिको परम्परागत भन्दा फरक बाटोबाट आएका थिए । तर, आफ्नो फर्मुलाले सबैलाई हराउन सफल भएका छन् ।
कोमीको लफडा
एफबीआईका निर्देशक जेम्स कोमीको नाम पनि यो चुनावका क्रममा पटक-पटक सुन्नमा आयो । हिलारी क्लिन्टनको निजी इमेल सर्वर प्रयोगसम्वन्धी मामिलामा फेरि जाँच गर्ने बयानले शायद ठूलै फरक पार्यो ।
यो पटक अमेरिकामा पनि मत सर्वेक्षण निकै गलत सावित भयो । यद्यपि अभियानको अन्तिम दिन दिन भने अवस्था यस्तो आयो सर्वेक्षणले पनि ट्रम्पको जितको संकेत गरेको थियो ।
क्लिन्टनको निजी इमेल सर्वर प्रयोगको मामिलामा फेरि जाँच गर्ने कोमीको बयानपछि तस्वीर त्यति प्रष्ट थिएन । यो सत्य हो कि मत सर्वेक्षणमा प्रतिस्पर्धा कडा हुँदै गएको थियो ।
तर, ट्रम्पको आशाको सबैभन्दा ठूलो छलाङ कोमीको पहिलो र दोस्रो चिठी जारी हुनेको बीचमा आयो । यस्तो लाग्छ कि यो अवधिमा नै ट्रम्पले आफ्नो आधार बलियो बनाए । र, यदि हिलरीले सरकारी मेलका लागि सरकारी सर्वर प्रयोग गरेको भए त कोमीको पत्रको कुनै असर नै देखिने नै थिएन । यो जिम्मा हिलारीकै थियो ।
विशेष शैली
ट्रम्पले अहिलेसम्मको सबैभन्दा अनौठो र अलग रुपमा अभियान चलाए । उनी पूर्ण रुपमा अलग थिए । तर, सफल भए ।
ट्रम्पले अहिलेसम्मको नयाँ राजनीतिक अभियान चलाए, जुन जानकारहरुको राय भन्दा सफल सावित पनि भएको छ । उनले सर्वेक्षणभन्दा राम्रो राणनीति अपनाए । घरघर जानुको साटो विशाल र्यालीहरुमा दाउ लगाए र, हिलरीको तुलनामा खर्च पनि कम गरे ।
ट्रम्प र उनको निकटवर्तीहरुको रणनीति सफल भयो र यो जितको पुरस्कार स्वरुप उनले हृवाइट हाउस पाए ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses