चालिस वर्ष आयु भएको सस्तो बाँसको घर, भूकम्प र अागाे प्रतिरोधी घरकाे मूल्य साढे तीन लाख रुपैयाँ

काठमाडौं । भूकम्पबाट घर ध्वस्त भएपछि धेरैले सस्तो घरको खोजी गरिरहेको अवस्थामा हिमालयन बेम्बोले बाँसबाट भूकम्प प्रतिरोधी घर बनाउने जनाएको छ । कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरेर भूकम्प प्रभावितलाई लक्षित गरेर सस्तोमा बाँसको घर बनाउने जानकारी दिएको हो । 

‘हामीले १३ वर्षअघिदेखि बाँसको घर निर्माण गर्दै आएका थियौ । तर अहिले भूकम्प आएपछि यो घरको महत्व थप बढेको छ,’ कम्पनीका अध्यक्ष कुशकुमार जोशीले भने, ‘हामीले माटो र ढुंगाको घर बनाउँदा धेरै क्षति भयो । अहिलेपनि त्यस्तै घर बनिरहेको छ । त्यसैले हामीले सस्तोमा भूकम्प प्रतिरोधी घर निर्माण गर्छौ ।’ बाँसबाट निर्माण हुने घरको आयु ४० वर्षको हुनेछ ।

‘बाँसलाई ट्रिटमेन्टपछि प्रयोग हुने भएकाले घरको आयु ४० वर्षभन्दा बढीको हुनेछ,’ उनले भने, ‘नेपालको हावापानी र भौगोलिक अवस्था अनुकुल छ ।’ जोशीको अनुसार अहिलेसम्म दुई सय घर निर्माण गरिसकेको छ । भूकम्पपछि डेढ सय घरको अर्डर आएको उनले बताए । एक परिवारको लागि आवश्यक २ कोठा, भान्छा, ट्वाईलेट र बरण्डासहितको ३ सय ६० वर्गफिटको हुनेछ । यो घरको लागत प्रतिवर्ग फिट एक हजारदेखि १६ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । घरको मूल्य साढे तीन लाखदेखि सुरु भएर सुविधा र कोठा अनुसार बढ्दै जानेछ । 

कम्पनीको हेटौंडामा रहेको उद्योगले बाँसको ट्रिटमेन्ट गरेपछि घरको फ्रेम निर्माण हुन्छ । कम्पनीका अनुसार घरको फाउन्डेसनमा ढुंगा र सिमेन्ट प्रयोग हुन्छ । घरको छानो टिनको हुनेछ र भित्तामा बाँसमा सिमेन्टले प्लास्टर गरेपछि आर्कषक देखिने कम्पनीको दावी छ । कम्पनीले भूकम्प प्रभावितलाई लक्षित गरेर बनाएको घर भक्तपुर औद्योगिक क्षेत्रमा प्रदर्शनमा राखेको छ ।

‘भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले आफैले घर बनाएमा सस्तो पर्नेछ । हामीले घरको फ्रेम निर्माण गरेर सम्वन्धित क्षेत्रमा पु¥याउने र घर आफै बनाउन सक्नेछन्,’ जोशीले भने, ‘भित्तामा सिमेन्टको ठाउँमा माटोले लिपेर पनि बस्न सकिन्छ ।’ बाँसको घर बनाउन फाउन्डेसनको लागि १५ दिन र घर पूरै निर्माण गर्न १५ दिन लाग्ने उनले बताए । 

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses