विद्युत प्राधिकरणमा एमाले कर्मचारीको हुलदंगा, एक घाइते

२४ कात्तिक, काठमाडौं । रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणमा बुधबार कार्यालय खुल्नासाथ हुलदंगा भएको छ । हुलदंगामा एमाले समर्थक कर्मचारीको कुटाइका कारण सवारी चालक पूर्णबहादुर शाही घाइते भएका छन् ।
हुलदंगापछि सहलेखापालको नियुक्तिका लागि हुन लागेको अन्तरवार्ता रोकिएको छ र कार्यालयमा प्रहरी तैनाथ गरिएका छन् ।

सहलेखापालको  मौखिक परीक्षा रोक्ने उद्देश्यले कांग्रेस समर्थक नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ र एमाले समर्थक कर्मचारी संगठनका केही व्यक्तिले छापामार शैलीमा कार्यालयमा अवरोध गरेर बोर्ड मेम्बरलाई प्रवेशमा रोक लगाएका थिए ।

कार्यालय घेराउ भइरहेका ठाउँमा हेर्न आइपुगेका प्राधिकरणका सवारीचालक पूर्णबहादुर शाहीलाई एमाले समर्थक कर्मचारीहरुले ‘यो सुराकी हो’ भन्दै मुखमा मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । शाहीको मुखबाट रगत आएको छ ।

प्रत्यक्षदर्शीका अनुसार एमालेसमर्थक कर्मचारी संगठनका महासचिव भूमिनन्द अर्यालले शाहीमाथि मुक्का हनेका हुन् । त्यहाँ संगठनका अध्यक्ष रामेश्वर पौडेल र सचिव केन्द्र गुरुङ लगायत उपस्थिति थिए ।

उता माओवादी समर्थक कर्मचारीहरुले सवारी चालकलाई कुटपिट गर्ने कर्मचारीलाई पक्राउ गरी फौजदारी अपराधमा कारवाही गर्न भनेका छन् ।

प्राधिकरणमा बुधबार २० जना सहलेखापालका लागि अन्तरवार्ता हुन लागेको थियो । तर, हुलदंगाका कारण अन्तरवार्ता रोकिएको प्राधिकरणले जनाएको छ ।

कर्मचारीमार्फत चर्को राजनीतिकरण हुँदा आएको प्राधिकरणमा कर्मचारी नेताहरुले आफ्ना नातेदारलाई घुसाउन नपाएपछि हुलदंगा गरेको स्रोतले बतायो । त्यहाँका एक कर्मचारीले भने– प्राधिकरणमा यस्तै राजनीतिले गर्दा विद्युत चुहावट एवं लोडसेडिङ रोक्न नसकिएको हो । यहाँ नेताहरुले कुनै पनि काम स्वच्छ रुपमा हुन दिँदैनन् ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses