तपाईंसँग पाँच सय र हजारको प्रतिबन्ध भएको भारु नोट छन्, अव के गर्ने ? यसो भन्छन् राष्ट्र वैंकका अधिकारी
काठमाडौं– राष्ट्र वैंकका अधिकारीहरुले भारत सरकारको पाँच सय र एक हजार रुपैयाँको नोटको प्रतिबन्ध लगाउने निर्णयले नेपालमा पनि असर गने बताएका छन् ।
राष्ट्र वैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले नेपालमा व्यक्तिहरुसँग भएका भार कसरी सटही गर्ने भन्ने जटिलता रहेको बताए ।
उनले नयाँ पत्रिकासँगको कुराकानीमा भनेका छन्,
दुई बर्षदेखि हामीले नेपालीलाई पाँच सय र हजारका भारतीय रुपैयाँका नोट प्रयोग गर्न अनुमति दिएका छौँ । त्यसैले धेरै नेपालीसँग ती नोट छन् । अव त्यो पैसा हामीले कसरी संकलन गर्ने र सहटी सुविधा दिने भन्ने विषयमा हामीले सोच्नुपर्ने हुन्छ ।
अहिले भारतीय सरकारले विभिन्न स्टेजमा चार–चार हजारका दरले सहटी गर्न दिने भनेको छ । त्यसअनुसार नेपालमा कसरी सटही सुविधा दिने भन्नेमा पनि एउटा संयन्त्र बनाउनुपर्छ । भारतमा भएको पैसा नेपालमा आएर सटही गर्ने र पुन ः भारतमा लैजाने जोखिमतर्फ पनि उनीहरु सचेत हुनेछन् । त्यस्तो हुँदैन भन्ने ग्यारेन्टी हामील दिनुपर्छ । त्यसो हुँदा नेपालमा व्यक्तिहरुसँग भएको भारु कसरी सटही गर्ने भन्ने विषय जटिल छ । भारतीय रिजर्व वैंकसँगको समन्वयमा त्यसको मापदण्ड तय गरिनेछ । त्यसका लागि राष्ट्र वैंकले आजदेखि नै काम शुरु गर्नेछ ।
नेपालमा पाँच सय र हराका भारु कति छन् भन्ने तथ्याङ्क त छैन । त्यो, व्यक्ति–व्यक्तिसँग रहने कुरा भयो । तर, नेपालको वैंकिङ प्रणालीमा भने पाँच सय र हजारका भारु नोट धेरै छन् ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses