जिबन थापा मगर र जोयाको कानुनि प्रक्रिया अनुसार बिवाहा दर्ता गर्न जादा आदर्श समाजको आदेशमा पक्राउ
मंशिर ३ गते चितवन ,:- जिबन थापा मगर र जोयाको कानुनि प्रक्रिया अनुसार बिवाहा दर्ता गर्न जादा प्रहरी प्रशासन ले धडपकड गरेको छ । फेरी जुर्मुरायो , ब्राह्मण साशन , निर्दोष माथि बज्र पात ....स्वतन्त्र मिडिया र निर्दोष ब्याक्ति माथि एकल साशन को जातीय दमन .... लाखौ नेपाली को मन मुटु भित्र बस्न सफल सबै संग परिचित जिबन र जोया काण्ड को बारेमा चासो राख्ने ब्याक्तिहरु बीच को घटना अझै ताजा छ । नेपाल मगर संघ केन्द्रीय समिति , आङ कामि शेर्पा .. स्वतन्त्र अन लाइन मिडिया हरु तथा लाखौ शुभ चिन्तक नेपालि हरुको आर्थिक सहयोग र मगर संघ का कानुन ब्यबसायी हरु तथा बिभिन्न समाज सेबी हरुको सहयोग पाएर तिन बर्षे ब्लाक लिस्ट बाट समेत नाम समेत हटाएर , फिलिपिन्स बाट जोयालाई नेपाल झियाउँन सफल भएका थियौ । जोयालाई नेपाल मा बस्न र जिबन थापामगर संग को बैबाहिक सम्बन्ध लाइ कानुनि मान्यता दिन को लागि मंशिर १ गते चितवन मा दर्ता गर्न जादा मिना खरेलको ठाडो आदेश मा बिना कसुर दुध कोशी मिडिया का पत्रकार महेश राना मगर , कामे मगर , लगायत थुप्रै जनालाई चितवन प्रहरीले पक्राउ गरेको खबर पाप्त भएको छ ।
प्राप्त खबर अनुसार , आदर्श गृहकी संचालिका मिना खरेल को बारेमा मिडियामा समाचार लेख्यो भनेर मिना खरेलको ठाडो आदेश मा बिबाह दर्ता गराउन गएका हरु पक्राउ परेका हुन् । जसको कारण बिबाह दर्ता गराउने काम समेत प्रभावित बन्न पुगेको छ । मिना खरेल ले अझै पनि बाहुनबाद जातीय भेद भाव र दमन को नीति लाइ कायम गर्दै प्रसाशन लाइसमेत मुट्ठीमा लिएर जिबन र जोयाको बिवाह दर्ता , दुइ नानि हरुको जन्म दर्ता र जोया लाइ नेपालि नागरिकता दिलाउने सम्बन्ध का सबै काम हरुमा बाधा अडचन गरिरहेको श्रोत ले जानकारी दिएको छ ।
जोया जिबन को बिवाह दर्ता गराउन जादा बिना कसुर पक्राउ परेका मिडिया कर्मी र कामे मगर लगायत सबै जनालाई बिना शर्त सम्मान जनक छादियोस ... । मिना खरेल को शिफारिस मा पक्राउ परेका सबै जना लाइ तुरुन्त हिरासत मुक्त न गरिएमा एस को बिरुद्ध हामि कुनै पनि कडा कारवाही गर्न बाध्य हुने छौ . यो घटनाको सम्पूर्ण जिम्मा चितवन प्रसाशन र आदर्श ग्रिह कि मिना खरेल ले लिनु पर्ने छ ।
बाकि खबर आउँन बाकि छ , ।
---प्रो समिर थापा मगर---
आदिबासी जनजाती सम्पर्क मंच ,
साभार: आदिबासी जनजाती सम्पर्क मंच ,
भिडियो हेर्नको लागि यहाँ जानुहोस् >>
साभार: आदिबासी जनजाती सम्पर्क मंच ,
भिडियो हेर्नको लागि यहाँ जानुहोस् >>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses