हामी सबैलाई थाहा छ ATM कार्ड घुसारेर पैसा निक्लिन्छ । तर, के तपाईंलाई थाहा छ एटिएमको पिन नम्बर सँधै चार अक्षरको किन हुन्छ ?
हामीमध्ये धेरै जना एटिएम(अटोमेटिक टेलर मेसिन) चलाउन अभ्यस्त छौं । विश्वव्यापी रुपमै मानिसहरु कार्ड घुसारेर पैसा निकाल्न बानि परेका छन् । तर, के तपाईंलाई थाहा छ एटिएमको पिन नम्बर सँधै चार अक्षरको किन हुन्छ ? एटिएमबाट सबैभन्दा बेसी पैसा के बार निकालिन्छ होला ? एटिएमको विषयमा यी र यस्तै रोचक जानकारीहरु हामी यस सामग्रीमा पस्किदैछौ ।
चार अंकको पिन नम्बर
यसको पछाडि रोचक कारण छ । एटिएमका आविष्कारक सेफर्ड ब्यारोनले सन् १९६० को दशकमा ६ अंकको पिन नम्बर बनाएका थिए । पछि उनले यसबारे आफ्नी श्रीमती क्यारोलिनसँग छलफल गरे । तर क्यारोलिनले चार अंकमात्र सम्झिन सकिन् । त्यसपछि उनले चारै अंकको पिन नम्बर बनाए जुन अहिलेसम्म प्रचलनमा छ । त्यसो त स्वीट्जरल्याण्ड र अन्य थुप्रै राष्ट्रमा ६ अंकको पिन नम्बर हान्नुपर्छ ।
सुन निकाल्ने एटिएम
एटिएमले नगद मात्रै निकाल्दैन सुन पनि निकाल्छ । सबैभन्दा पहिले आवुधाविको इमरेट्स प्यालेसको लविमा सुन निकाल्ने मेसिन राखिएको थियो । यसले ३२० प्रकारका सुनको वस्तुहरु निकाल्थ्यो । स्वीट्जरल्याण्ड, अष्ट्रिया, जर्मनी र ब्रिटेनमा सपिङ मल तथा एयरपोर्टहरुमा सुन निकाल्ने एटिएम राखिएको छ ।
एटिएम मेसिन चोरी भयो भने ?
एटिएमबाट पैसा मात्रै चोरी हुँदैन, कसैले एटिएम मेसिन नै चोरिदिन सक्छ । तर, चोरी गरेर उम्किने सम्भावना भने कम हुन्छ । एटिएममा एउटा चिप जान गरिएको हुन्छ र जिपिएस पनि हुन्छ । लुटिएको एटिएम पत्ता लगाउन धेरै सजिलो छ ।
सबैभन्दा धेरै पैसा निकालिने दिन ?
शनिबार वा आइतबार होइन, एटिएमबाट सबैभन्दा बेसी पैसा शुक्रबार निकालिन्छ । सायद विकेन्ड पार्टीको लागि ?
बैंक एकाउन्ट बिनै एटिएम !
हो यो सम्भव छ । रोमानियामा एटिएम कारोबार गर्न बैंक एकाउन्ट हुनु आवश्यक पर्दैन । त्यहाँका ८४ प्रतिशत मानिसहरुको बैंक एकाउन्ट छैन ।
अग्लो ठाउँमा एटिएम
विश्वमै सबैभन्दा अग्लो स्थानको एटिएम काउन्टर भारतको नथुलामा रहेको छ । युनियन बैंक अफ इन्डियाले सञ्चालन गरेको यो एटिएम १४ हजार ३ सय फिट उचाईमा रहेको छ । सुरुमा सिमा क्षेत्रमा कार्यरत सैनिकहरुका लागि राखिएको यो एटिएम हाल पर्यटकहरुले पनि प्रयोग गर्छन् ।
विश्वको एक्लो एटिएम
संसारमै एक्लो एटिएम अन्टार्कटिकामा छ । त्यहाँ रहेको यूएस रिसर्च सेन्टर म्याकमुर्दो स्टेसनमा दुईवटा एटिएम छन् । तर एउटाले ब्याकअपका रुपमा काम गर्छ भने एकपटकमा एउटा एटिएमले मात्रै पैसा निकाल्छ ।
एटिएमबाट दान
भारतका थुप्रै मन्दिरहरुमा ठूला बैंकहरुले एटिएम मेसिन राखेका छन् जहाँबाट धार्मिक आस्थाका दान तथा भेटीहरु दिन सकिन्छ । एटीएमबाट पैसा निकाल्नेमात्र हैन, क्यास जम्मा गर्ने र चेक जम्मा गर्ने काम पनि हुन्छ ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses