DK Media सोलु अनलाइनका सञ्चालकलाई रिहा गरियोस्ः फोनिज
५ मंसिर, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सोलुखुम्बु अनलाइनका सञ्चालक तथा सम्पादक महेश रानामगरलाई तत्काल रिहा गर्न माग गरेको छ ।
चितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको आरोपमा गिरफ्तार गरेर चितवन प्रहरी कार्यालयमा राखिएको भन्दै फोनिजका अध्यक्ष डण्ड गुरुङले रानामगरलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
गुरुङले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘समाचार लेखेको विषयमा चित्त नबुझे कानूनी उपचार खोज्ने संवैधानिक हक हुँदाहुँदै एउटा कलमजीवी पत्रकारलाई हत्कडी लगाएर थुनामा राख्ने काम कदापि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हुन सक्दैन । अतः सम्पादक रानामगरको तत्काल रिहाइ गर्न र दोषीमाथि थप कारवाही गर्न हामी जोडदार माग गर्दछौं ।’
साभार: अनलाइन खबर
साभार: अनलाइन खबर
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses