मरेपछि पुनः जिवित हुनेछिन् १४ वर्षकी यी किशोरी
उखानै छ, मरेपछि बाँचिन्न । एकचोटी मरियो त मरिहालियो । मरिसकेको मान्छे पुनर्जिवित भएर फर्किन्न । तर अब मरेपछि बाँचिन्न भन्ने यो सत्य समेत झुटो सावित हुँदैछ ।
बेलायतकी एक १४ वर्षीया किशोरी दुर्लभ तथा असाध्य क्यान्सर रोगबाट पीडित थिइन् र सोही कारण उनको मृत्यु निश्चित थियो । यसका बाबजुत उनको अन्तिम इच्छा चाहीँ निकै अनौठो थियो । उनी मरिसकेपछि पनि पुनः जिउन चाहन्थिन् ।
आफ्नो त्यो अन्तिम इच्छालाई पूरा गर्नका लागि उनलाई कानूनी इजाजत लिन अदालतको ढोका ढकढकाउनुपर्यो । उनको त्यो इच्छामा अदालतले पनि साथ दियो र दुनियामा अहिलेसम्म कहीँ नभएको पहिलो घटना हुने निश्चित भयो । ती किशोरीले मर्नुभन्दा पहिले प्रष्ट रुपमा भनेकी थिइन् की आफ्नो मृत्युपछि आफ्नो शरीरलाई के के गरियोस् भन्ने ।
आफ्नो लासलाई गाड्नुको साटो बरफमा राख्नुपर्ने उनको माग थियो । यसो गर्दा जब कुनैदिन उसको क्यान्सरको उपचार हुनेछ, तब उनी पुनर्जिवित भएर सामान्य जिवन जिउन सक्नेछिन् भन्ने उनको इच्छा थियो । उनको हालै मृत्यु भएको छ । मर्नुअघि उनले बेलायतका एक न्यायाधीशलाई लेखेको चिठीमा भनेकी छिन्ः म जिउन चाहन्छु, लामो समयसम्म जिउन चाहन्छु । मलाई विश्वास छ की शायद भविष्यमा एक दिन डाक्टरहरुले मेरो क्यान्सरको उपचार पत्ता लगाउनेछन् । त्यसदिन उनीहरुले मलाई जगाउन सक्नेछन्, ता की म फेरि जिउँदो हुन सकूँ ।
आफ्नो सरीर क्रायोप्रिजर्भेसन प्रविधिको प्रयोग गरी सुरक्षित राखियोस् भन्ने उनको चाहना थियो । यसो गर्दा उनको निरन्तर उपचार गरिरहन सम्भव हुन्छ । यसो गर्दा सयौँ वर्षपछि पनि आफुलाई बाँच्ने मौका मिल्न सक्ने उनको आशा छ । उनको यस्तो आशा तथा विन्तीलाई बेलायतको हाइ कोर्टले सदर गरिदियो ।
ती किशोरीले ४६ हजार डलर खर्च लाग्ने आधारभूत विकल्प चुनेकी न्यायाधीशले बताएका छन् । यसका लागि उनले धेरै अनुसन्धान पनि गरे । क्रायोनिक्स यस्तो प्रविधि हो जहाँ असाध्य रोगहरुबाट मर्ने मानिसहरुको शवलार्ई डीप फ्रिज गरेर राखिन्छ । जब भविष्यमा त्यो रोगको उपचार पत्ता लाग्छ तब रोगबाट मरेका मानिसको उपचार गरी पुनः बँचाउन सकिन्छ भन्ने आशा यसमा गरिएको हुन्छ ।
मानिसको मृत्यु भएको २ मिनेटदेखि लिएर बढिमा १५ मिनेटभित्रमा यो प्रक्रिया सुरु गर्नुपर्छ । शरीरमा रगत जम्न रोक्नका लागि लासभित्र विशेष रसायन भरिन्छ । ती रसायनलाई सुख्खा बर्फमा प्याक गरिएको हुन्छ । पानी जम्ने तापक्रम भन्दा केही बढिमात्र तापक्रममा लासलाई राखिन्छ । अंगरुलाई सुरक्षित राख्नका लागि पनि रसायनको प्रयोग गरिन्छ । रसायनका कारण अंगहरुको भित्र क्रिस्टल बन्न पाउँदैन । त्यसपछि माइनस १३० डिग्री सेल्सियस तापक्रममा शवलाई राखिन्छ । त्यसपछि शवलाई एक कन्टेनरमा राखेर लिक्विड नाइट्रोजनको ट्यांकभित्र हालिन्छ । त्यहाँ माइनस १९६ डिग्री सेल्सियस तापक्रममा लास राखिएको हुन्छ ।
मरेपछि पुनः बाँच्ने इच्छा राखेकी बेलायती किशोरीको शवलाई पनि यसैगरी सुरक्षित राखिएको छ । ता की उनको उपचार भविष्यमा हुनसकोस् र उनी पुनः ज्यूँदो हुन सकून् ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses