सवारी दुर्घटना गर्नेलाई ट्राफिक प्रहरीले ल्यायो विशेष कक्षा
ललितपुर – दुर्घटना गर्ने सवारी चालकहरुलाई आगामी दिनमा दुर्घटना नहोस् भन्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘ट्राफिक विशेष कक्षा’ संचालनमा ल्याउने भएको छ ।
महाशाखाका प्रमुख प्रकाश अर्यालले दिनदिनै सवारी चालकको लापरबाहीले गर्दा दुर्घटना बढ्दै गएकाले अबदेखि दुर्घटना नहोस् भन्नका लागि यस्तो कक्षा संचालनमा ल्याएको बताए ।
सार्वजनिक सवारी साधनका चालकहरुले सवारी दुर्घटना गराए पनि सवारी धनी, यातायात समितिले नै सबै क्षतिपूर्ति दिने तर, चालकलाई कारबाही केही नहुने भएकाले त्यही चालकबाट दोहोर्याएर सवारी दुर्घटना भएको देखिन्छ ।
त्यसकारण अब दोहोर्याएर दुर्घटना नहोस् भन्नको लागि ट्राफिकले यस्तो कक्षा संचालन ल्याएको हो ।
दुर्घटना नहोस् भन्नका लागि लेन मिच्ने, मापसे गर्नेलाई पनि ट्राफिक कक्षा संचालन भइरहेको तर सवारी दुर्घटना गर्ने चालकलाई ट्राफिक विशेष कक्षा संचालनमा ल्याएर दुर्घटना कम हुने ललितपुर ट्राफिक प्रमुख सिताराम हाछेथुले बताए ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses