सुजातालाई ५० लाख दिने निर्णय भएको दिन ५० रुपैयाँ चन्दा मागेर चितवन आए यी क्यान्सर रोगी (भिडियोसहित)
चितवन– मन्त्रिपरिषदको बैठकबाट ५० लाख रुपैयाँ उपचार खर्चको निर्णय गराएर कांग्रेस नेत्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला क्यान्सरको उपचार सिंगापुर उडेकै दिन जनकपुर मगुवा गाविसका क्यान्सर रोगी पुरुषोत्तम साह गाँउबाट १० देखि ५० रुपैयाँसम्म चन्दा मागेर उपचार गराउन चितवन आए ।shah
चितवनमा उनै कांग्रेस नेतृ कोइरालाकी ठूलोबुवा विपी कोइरालाको नामबाट स्थापना भएको क्यान्सर अस्पतालमा उनी मलद्धारमा भएको क्यान्सर रोगको उपचार गराउन आएका हुन् ।
घरको न्यून आर्थिक अवस्थाले सताएपछि ३ वर्ष अघि वैदेशिक रोजगारीका सिलसिलामा मजदुरी गर्न साउदी अरब पुगेका थिए, पुरुषोत्तम । काम थालेको भर्खर १ वर्ष मात्र भएको थियो । तर, दुर्भाग्य कमाउने सपना बोकेर विदेश हान्निएका उनी अकास्मात बिरामी परे ।
अस्पतालमा देखाँउदा क्यान्सरको लक्षण देखापर्यो । केहि महिना विदेशमै उपचार त गराए तर रोगी भएपछि कम्पनीले नेपाल फर्काउने बुझेपछि पैसा कमाउने र परिवार सुखी राख्ने सपनालाई माया मारेर उनी आफै नेपाल फर्किए ।
एक वर्षमा उनले ६ लाख कमाएका थिए । भारतका विभिन्न अस्पतालमा उपचारका लागि चाहर्न थाले । कमाएको ६ लाख रुपैँया १ बर्ष नबित्दै सकियो । थप एक लाख ऋण लाग्यो । अहिले चितवनको विपि कोइराला क्यान्सर अस्पतालमा उनले उपचार गराउन थालेको ४ महिना भयो ।
अस्पतालले १ लाख रुपैयाँ बराबरको सेवा उपलब्ध गराएपनि ४ महिनामा उनको ऋण डेढ लाख पुगेको छ ।
आफूसँग भएको पैसा सकिएपछि ऋण गर्न थालेका शाहले अहिले ऋण पनि पाउन नसकेपछि गाँउमा चन्दा उठाउन थालेका हुन् ।
ज्यान जोजिन्छ कि भन्ने आशले गाउँलेबाट चन्दा उठाउँदै औषधि सेवन गरिरहेको र भएको पैसा सकिएपछि फेरि गाउँमा गएर चन्दा उठाएर उपचार गराउने उनले बताए ।
अहिलेसम्म जनकपुरका गाँउ–गाँउमा गएर मागेको ३० हजार चन्दाको भरमा औषधी उपचार र खानपान गरिरहेका शाह फेरी पैसा सकिन लागेकोले गाँउमा चन्दा माग्न जाने तरखरमा छन् ।
क्यान्सरको किमो गराएर फेरी गाँउघरतिर पुगेर चन्दा माग्ने र अर्कोचोटी उपचार गर्न आँउने उनले बताए ।
चिया पसलको भरमा जीवन गुजारा
३० वर्षको यूवा अस्वस्थामा क्यान्सरको सिकार भएका पुरुषोत्तम शाहको परिवारमा ३ वर्षीय छोरा र ८ वर्षीया छोरी, श्रीमती र आमा छन् ।
घरमा राखेको सानो चिया–खाजा पसलको भरमा उनको परिवारले जीवन गुजारा गर्दै आएको छ । अन्य कुनै व्यवसाय तथा आयआर्जनको स्रोत नभएका पुरुषोत्तमको परिवार चिया पसलबाट जसोतसो चलेपनि क्यान्सर रोग बल्झिएपछि ठूलो संकटमा परेको छ ।
क्यान्सर रोगी शाह यतिबेला चितवनमा दैनिक १ सय रुपैयाँ भाडाको कोठामा आफ्नी दिदी पूर्णी कुमारी साहलाई कुरुवा राखेर बसेका छन् । आम्दानीको कुनै स्रोत नभएका उनलाई क्यान्सरकोे उपचार कसरी गराउने, छोराछोरीलाई कसरी पाल्ने–पढाउने, परिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।
डाक्टरले ३ वटा किमो लगाएपछि अप्रेशन गर्नुपर्छ भनेको उनले बताए । उनको अब अप्रेशन गर्ने बेला भएको छ तर उपचार गर्न पुरुषोत्तमको खल्ती रित्तो छ । अप्रेशन थाल्नुअघि उनी फेरि ५० रुपैयाँ चन्दाका लागि जनकपुर फर्कदैछन् । उनी भन्छन्–‘कहिलेसम्म चन्दा माग्नुपर्ने हो केहि थाहा छैन ।
साभार: रातो पाटी
भिडियो हेर्नको लागि यहाँ लिंकमा जानुहोस् >>>
साभार: रातो पाटी
भिडियो हेर्नको लागि यहाँ लिंकमा जानुहोस् >>>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses