मासिक ६ हजार ७ सय किस्तामा किन्न सकिन्छ अाइफोन सेभेन

एप्पलको नेपालका लागि आधिकारित विक्रेता जनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालि आइफोन सेभेन र सेभेन प्लस आगामी शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दैछ।  शुक्रबारबाट बजारमा उपलब्ध हुने आइफोन सेभेन र सेभेन प्लस ५ रंगमा उपलब्ध हुनेछन्। आइफोन सेभेन ९१ हजार रुपैयाँदेखि  १ लाख १९ हजारसम्मका छन्। त्यस्तै सेभेन प्लस १ लाख ८ हजारदेखि १ लाख २२ हजार ५ सयमा किन्न सकिनेछ।

आइफोन एनसेल, बबरमहलमा रहेको ओलिज स्टोर्स र शेर्पा महलमा रहेको इभो स्टोरबाट किस्तामा किन्न सकिने जनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले जनाएको छ।  किस्तामा आइफोन किन्नका लागि सबैभन्दा पहिलो ग्लोवल आइएमइ, सिद्धार्थ र नविल बैंक मध्ये एक वटा  बैंकबाट क्रेटिड कार्ड बनाउनुपर्छ।

त्यसपछि कुन आइफोन किन्ने हो, छनौट गर्नुपर्छ। छनौट गरिसकेपछि आइफोन विक्री गर्ने स्टोर्सहरुले कोटेशन तयार पारिदिनेछन्। त्यो कोटेसन लिएर बैंकमा जानुपर्छ । बैंकले एप्रुभ गरेपछि स्टोर्समा गएर आइफोन लिन सकिने ओलिज स्टोर्सले जनाएको छ।

कुन आइफोन किन्ने हो, त्यसको १२ प्रतिशत रकम पहिला नै बुझाउनुपर्छ। अनि बाँकी रहेको रकमलाई एक वर्षभित्र तिर्नुपर्छ। आइफोन किन्दा कुनै पनि ब्याजदर नलाग्ने ओलिज स्टोर्सले जनाएको छ। सबैभन्दा सस्तो  ९१ हजारको आइफोन सेभेन किस्तामा लिनका लागि डाउन पेमेन्ट १० हजार ९ सय २० रुपैयाँ बुझाउनुपर्छ।

त्यसपछि एक वर्षभित्र बाँकी रकम बुझाउनुपर्छ । १० हजार ९ सय २० रुपैयाँ तिरेर आइफोन सेभेन किस्तामा लिन चाहनेहरुले हरेक महिना ६ हजार ६ सय ७४ रुपैयाँ एक वर्षसम्म बुझाउनुपर्छ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses