एकाएक चर्चामा आएकी कुसुम भन्छिन् 'म गाउँकी छोरी हुँ, नराम्रो कमेन्ट नगरिदिनुहोला !'

२० कात्तिक, चितवन । इन्टरनेटमा फोटो भाइरल बनेपछि चर्चामा आएकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठको दैनिकी फेरिएको छ । सामाजिक सञ्जालको चर्चाबाट सुरुमा डराएकी उनी नकारात्मक कमेन्टहरुबाट अझै पनि भस्किन्छन् र भन्छिन्- ‘म गाउँकी छोरी हुँ, कृपया नराम्रो कमेन्ट नगरिदिनुहोला ।’

तरकारीवालीको नाममा तस्वीर भाइरल भएपछि कुसुमलाई फोन उठाउन भ्याई नभ्याई छ । गाउँका साथीभाइ ईष्टमित्रदेखि पत्रकारसम्मले फोन गरेर बधाइ दिने र कुराकानी गर्ने गरेका छन् ।

तिहार विदामा घरमा आएका बेला बुबाआमाले फलाएको टमाटर बेच्न भैरवी कृषि सहकारीमा आउँदा उनको तस्वीर कीर्तिपुरका रुपचन्द्र महर्जनले खिचेका थिए ।


झोलुङ्गेपुलबाट तरकारी बोकेर आउँदै गरेको र बजारमा मोबाइलमा कुरा गर्दै गरेको तस्वीर फेसबुकमा पोष्ट भएपछि उनी Tarkariwali को नाममा चर्चामा आइन् ।

कुसुम भन्छिन्, सुरुमा त निकै डर लागेको थियो तर, अहिले रामैसँग बोल्छु । फोन आएर हैरान छु । चार्ज सकिएपछि बल्ल आनन्द हुन्छ ।’

गोरखाको कृषिक परिवारमा जन्मिएकी उनी भन्छिन्, ‘१२ वर्षदेखि तरकारी बेच्दै आएकी हुँ, काम गर्दा मलाई गौरव लाग्छ ।’

उनी अहिले चितवनको क्वेष्ट मोडेल कलेजका व्यवस्थापन संकाय कक्षा ११ मा अध्ययनरत छिन् । कुसुमले बताए अनुसार उनी स्टाप नर्स बन्न चाहन्थिन् । तर, परिवारको आर्थिक अवस्थाले सम्भव भएन ।

इन्टरनेटमा आफ्नो तस्वीर भाइरल भएपछि कुसुमको रहर थपिएको छ, मोडलिङ । निकै लजालु स्वाभावकी उनलाई मोडलिङ तथा फिल्मको अफर पनि आउन थालिसकेको छ । उनले भनिन्, सामाजिक संस्कृतिमा आधारित फिल्म खेल्न तयार छु । अझ तरकारीवालीमा त विशेष रुची छ । यो शीर्षकचाहिँ मलाई उपयुक्त छ ।’

अन्तिममा उनले आफ्नो तस्वीरमा नराम्रो कमेन्ट नगरिदिन सबैलाई आग्रह गर्दै भनिन्,-म पनि गाउँकी छोरी हुँ, कृपया मलाई नराम्रो कमेन्ट नगरिदिनुहोला ।’

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses