वि.सं. २०७३ साल कार्तिक १६ गते। मंगलबार। इश्वी सन् २०१६ नोभेम्बर १ तारिखको राशिफल ।

वि.सं. २०७३ साल कार्तिक १६ गते। मंगलबार। इश्वी सन् २०१६ नोभेम्बर १ तारिख। नेपाल संवत् ११३७ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– द्वितीया, २६:०० बजेउप्रान्त तृतीया। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिस्थितिवश आजको योजना निष्फल जस्तै रहनेछ। धन अभावले सताउनेछ भने यात्रामा कठिनाइ उत्पन्न हुन सक्छ। आश्वासन बाँड्नेहरूको भर पर्दा दु:ख पाइनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पछि परिनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। विशेष काम सुरु गर्न समय पर्खनुहोला। नियमित काम भने सम्पादन हुनेछन्। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मेहनतले विभिन्न अवसर दिलाउनेछ। समस्याका बीच पनि यात्रा रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै प्रियभेट हुनाले मन रमाउनेछ। अतिथिका रूपमा मान-सम्मान समेत प्राप्त होला। मनपर्ने वस्तु उपहार प्राप्त हुन सक्छ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiव्यवसायमा मनग्य फाइदा हुनेछ। हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशलाई नियन्त्रणमा राख्नुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअस्वस्थताले आफूलाई कमजोरी अनुभूति हुनेछ। ढिलासुस्तीले परिणाम कमजोर देखिन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अप्रिय समाचारले मन खिन्न तुल्याउनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना सुरु गर्न उपयुक्त साइत पर्खनुहोला। प्रयत्न गर्दा बिस्तारै अवरोध समाप्त हुनेछ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। आलस्य गर्दा काम रोकिएला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। काम बिग्रने डरले सताउनेछ, योजना गोप्य राख्नुहोला। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoहिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआलोचना गर्ने बानीले समस्या निम्त्याउनेछ। सावधानीसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम सम्पादन हुने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदा हुने योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा विशेष प्रगति हुनेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकाममा साथ दिनेहरू बढ्नेछन्। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। समयको महत्वलाई ध्यान दिनुहोला। आलस्य गर्ने बानीले पछि परिनेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआकस्मिक खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने सम्भावना छ। अवसरको खोजीमा केही दौडधुप समेत गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। समयमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornतत्काललाई सामान्य फाइदा हुनेछ भने मेहनत गर्दा पछिका लागि फाइदा हुनेछ। आम्दानी कम भए पनि दिगो काम गर्ने अवसर जुट्न सक्छ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुनेछ। ईर्ष्या गर्नेहरूले आम्दानीको स्रोत कमजोर पर्नेछन्। उठ्नुपर्ने पूरै रकम प्राप्त नहुनाले समस्या पर्न सक्छ। अरूले धोका दिँदा आफ्नो योजना रोक्नुपर्ला। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। छोटो समयमै लक्ष्य प्राप्त गर्न सकिनेछ। परिस्थितिले साथ दिँदा हिम्मत बढ्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबाध्यात्मक परिस्थितिले व्यवहारमा अप्ठ्यारो पार्न सक्छ। अरूका लागि मेहनत गर्दागर्दै आफ्नो काम बिग्रन सक्छ। पहिले आश्वासन दिनेहरूले झुक्याउनेछन् भने समस्या तत्कालै सुल्झाउनमा बाधा पर्नेछ। संघर्षपश्चात् केही काम सम्पादन हुनेछन्। तर आफ्नो मेहनतबाट धेरैले फाइदा उठाउन सक्छन्। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिने सम्भावना छ। (नेपाली पात्रो)

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses