बाइबलको विश्वास गर्दा युवतीको ज्यान गयो
यो संसारका जन्मदाता, सृष्टिकर्ता भनेकै परमपरमेवर यशु ख्रिष्ट नै हुन् । मानिसहरूको पापमोचन गर्नका लागि यशु ख्रिष्ट क्रुसमा झुण्डिएका थिए । उनीमा विश्वास गरेको खण्डमा सम्पूर्ण रोगव्याधीको अन्त्य हुन्छ भन्ने विश्वासमा परेका कैलाली जिल्लाको उर्मा–६ का झक्कु चौधरीले आफ्नी छोरीसमेत गुमाएका छन् ।
झाडापखाला लागेकी छोरीलाई अस्पताल लैजाननुको सट्टा दुई दिनसम्म घरमै पाश्चर गोपाल चौधरीको बाइबल अध्ययन र तन्त्रमन्त्रमा लागेपछि उनले आफ्नी १९ वर्षीया छोरी दीपा चौधरीलाई गुमाउन पुगेका हुन् ।
घटना अनुसार छोरीलाई ९ वैशाखमा झाडापखाला लागेपछि उपचारका लागि आधा घन्टाको दुरीमा रहेको सेती अञ्चल अस्पताल धनगढी लैजानुको सट्टा झक्कु स्थानीय चर्चका पाश्चर गोपाल चौधरीको शरणमा पुर्याएका थिए ।
चर्चका पाश्चर चौधरीले पनि झाडापखाला लागेको बिरामीलाई औषधि खान र अस्पताल लैजानका लागि सल्लाह दिनुको सट्टा उनको घरमा पवित्र बाइबलका कथा सुनाउने र मन्त्र जप गर्न थालेका थिए । झाडापखाला ठीक नभएर दीपाको स्वास्थ्य झन्झन् खराब हुँदै गएपछि त्यसको दुई दिनपछि मात्र शुक्रबार बिहान ९ बजे परमेश्वरको शरणबाट झक्कुले छारीलाई सेती अञ्चल अस्पताल पुर्याएका थिए ।
विपन्न दलित, थारूलगायतका आदिबासी जनजातीका बस्तीबस्तीमा पुगेर इसाई धर्मावलम्बीहरूले परमेश्वरमा विश्वास गरेको खण्डमा धनलाभ, रोगव्याधीको अन्त्य हुनेलगायतका सपना बाँड्ने गरेका कारण मानिसले
सेती अञ्चल अस्पताल पुगाएर अस्पतालको बेडमा राख्ने बित्तिकै दीपाले प्राण त्याग गर्न पुगेकी थिइन् । सेती अञ्चल अस्पतालका ड्युटी इन्चार्ज तथा सिनियर अहेब कृष्ण बोहोराका अनुसार मृतक दीपाको शरीरमा पानी र रगतको मात्रा निकै कम भइसकेको थियो ।
समयमा अस्पताल पुर्याएको भए झाडापखाला निको हुने सम्भावना भए पनि अभिभावकको चरम लापरबाहीका कारण दीपाको ज्यान गएको थियो ।
दीपाका बुबा झक्कु चौधरीले भने, ‘पाश्चर र छिमेकीको विश्वासमा लागियो, पाश्चरले समयमै अस्पताल लैजाने सल्लाह दिएको भए पनि आफू त्यही सल्लाह अनुसार चल्ने थिएँ, सौर्य दैनिक लेख्छ आफू अशिक्षित भएकाले पाश्चरको भनाइमा लागियो, नत छोरी नै बाँचिन, नत परमपरमेश्वर येसुले नै छोरीलाई बचाउन सके’ उनले थपे, छोरीलाई अन्ध विश्वासको सिकार बनाइयो ।
सुदूरपश्चिमका तराई र पहाडी जिल्लाका अति विपन्न दलित, थारूलगायतका आदिबासी जनजातीका बस्तीबस्तीमा पुगेर इसाई धर्मावलम्बीहरूले परमेश्वरमा विश्वास गरेको खण्डमा धनलाभ, रोगव्याधीको अन्त्य हुनेलगायतका सपना बाँड्ने गरेका कारण मानिसले विभिन्न रोगको सिकार बन्नुपर्ने अवस्था छ । गरिबी र अशिक्षाका कारण त्यहाँका मान्छे बढी अन्धविश्वासमा भर पर्ने गरेका छन् ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
9 comments
Write Down Your Responses


26 October 2016 at 06:23
अामेन
26 October 2016 at 10:49
Biswas haina andhabiswas ho yo !!
26 October 2016 at 18:13
kina ra news repoter tesko ghar gako thio ra.hawa tal maa news lekhna banda gar.paila satya k ho jaan .
26 October 2016 at 19:19
Bastard killed an innocent girl.He should take the responsibility of her death
27 October 2016 at 03:02
Hoiitttt..... yo biswas ko kami ho .. रायोको दाना जत्रो विश्वास vaye hunthyo . ... tara yo pastor waa bible ko kamjoriii hainaa ... yo gyan ko kami ho.
27 October 2016 at 03:03
Hoiitttt..... yo biswas ko kami ho .. रायोको दाना जत्रो विश्वास vaye hunthyo . ... tara yo pastor waa bible ko kamjoriii hainaa ... yo gyan ko kami ho.
28 October 2016 at 04:55
Over atmiki vayo vane esto hunxa
28 October 2016 at 04:55
Over atmiki vayo vane esto hunxa
31 October 2016 at 09:51
Dharma ta sabai thikai hun tar jasari nepal ma manxeka samsya k hun teslai sambodhan gari pralobhan deohaae dharma paribartan garaauxan teyo sara sar galat ho. Paisa ko pralobhan ma rer jasari jhoot booaxan ni ho testa lai kahile map gardainn parmeshorle yad garnu sabai jana le