महाअभियोगको ‘लफडा’ चलिरहँदा मधेशी मोर्चाका नेताहरुले काठमाडौं छाडे
हालसम्म महाअभियोगका बारेमा आधिकारिक धारणा सार्वजनिक नगरेका मधेशी मोर्चाका अधिकांश नेताहरु मधेशतर्फ लागेका हुन् ।
मार्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेश सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत मोर्चाका नेताहरु हाल मधेसका विभिन्न जिल्लामा रहेका छन् ।
महाअभियोगको प्रस्ताव दर्ता हुनुअघि नै उपेन्द्र यादव, महेन्द्र राय यादव र अनिल झाले काठमाडौ छाडिसकेका थिए भने प्रस्ताव दर्ता भएपछि राजेन्द्र महतो, महन्थ ठाकुरले राजधानी छाडेका हुन् ।
उनीहरुले महाअभियोगबारे औपचारिक धारणा सार्वजनिक नगरी बसेका छन् । यद्यपी केहि नेताले भने महाअभियोग प्रस्तावलाई बेमौसमको बाजा भनेका छन् ।
मोर्चाले भोलि संसदमा हुने छलफलमा प्रस्तावको पक्षमा मतदान गर्ने कि विपक्षमा भन्नेमा स्पष्ट हुन सकेको छैन । हिजै मात्रै महोत्तरीबाट काठमाडौ फर्केका राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले भने आफ्नो दलले महाअभियोगको विपक्ष रहने निर्णय गरेपनि मधेशी मोर्चाले गर्ने निर्णय स्वीकार्य हुने बताएका थिए ।
उनले कार्कीमाथि किन र के कारणले महाअभियोग लगाइयो भने कुरा स्पष्ट नभएको दावी गर्दै ‘चोरको खुट्टा काट् भनेपछि खुट्टा पछाडी ताने’ जस्तै भएको टिप्पणी गरे ।
भ्रष्ट व्यक्तिहरु तर्सेर महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाउँदै उनले संवैधानिक अंगका प्रमुखमाथि महाअभियोग लगाउनु पहिले सबै विषयमा अध्ययन हुनु पर्ने भएपनि त्यस्तो नगरि पूर्वाग्रहरी ढंगबाट प्रस्ताव ल्याइएको दाबी गरे ।
आफ्नो गृह जिल्ला सर्लाहीमा रहेका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सविधान संशोधनको प्रस्तावलाई ओझेलमा पार्नका लागि एमाले र माओवादीले सुनियोजित ढंगबाट यो प्रस्ताव ल्याएको बताए ।
प्रस्तावको पक्षमा बस्ने कि विपक्षमा बस्ने भन्नेमा मधेशी मोर्चामा छलफल गरी निर्णय लिइने उनले बताए ।
मधेसी मोर्चाले तिहारअघि नै संविधान संशोधन हुनुपर्ने माग अघि सार्दै आएको छ । उसले संविधान संशोधनलगायतका तीन बुँदे सहमति कांग्रेस र माओवादी केन्द्रसँग गरेर प्रचण्ड नेतृत्वको सरकारलाई सघाएको थियो ।
आज फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा हुने दुई नम्बर प्रदेशको कार्यालय उद्घाटन कार्यक्रममा सहभागि भएका छन् भने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा रौतहतस्थित पार्टीको विस्तारित बैठकमा व्यस्त छन् ।
महोत्तरीको कार्यक्रममा सहभागि भएर तमलोपाका अध्यक्ष महन्थ ठाकुर आज काठमाडौ फर्किन लागेका छन् भने तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव महोत्तरीको एक कार्यक्रममा सहभागि छन् ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses