पाइपलाइनबाटै ग्यास बल्यो ! अब सिलिण्डरको के काम ? (भिडियोसहित)

५ कात्तिक, ललितपुर । भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास ।

यसलाई धेरैले हवादारी भने र ओलीलाई मजाकको पात्र बनाए । तर, ललितपुर इमाडोलमा शुक्रबार गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्‍याउन असम्भव छैन भन्ने देखाएको छ ।

भलै यो कहिले र कति नेपालीको घरघरमा पुग्ला अर्को प्रश्न हो । र, यसमा सरकारको कुनै ठोस योजना पनि बनेको छैन ।

यसरी बालियो पाइपबाट ग्यास

शुक्रबार दिउँसो करिब ३ बजेतिर उद्योगमन्त्री नविन्द्रराज जोशीको गाडी धुलो उडाउँदै इमाडोल पुग्यो ।

खानी तथा भूगर्भ विभागका कर्मचारी पाइपलाइनबाट आएको ग्यास चुल्होमा बालेर पत्रकारलाई देखाउँदै
उनी पुग्नु अघि नै सरकारी कर्मचारी, पत्रकारदेखि सुरक्षा प्रशासनको ठूलै भिड लागेको थियो । खुला चौरमा चार इन्चको पाइप लाडिएको छ । जहाँबाट पानी तानिएको छ ।

पानीसँगै ग्यास आउने भएकाले ८२ मिटरमा पम्प पाखिएको छ । त्यही पम्प भएर पानी सेप्रेसन च्याम्बरमा पुग्छ । त्यहीँ पानीमा मिसिएको मिथेनसहितका ग्यासलाई छुट्याइन्छ । सेप्रेसन च्याम्बरबाट पानी जत्ति आउट लेट हुँदै बाहिर जान्छ भने ग्यास पाइप लाइनबाट हुँदै अर्को फिल्टर मेसिन हुँदै प्लास्टिकको पाइपमा जान्छ । त्यसलाई फिल्डर प्रक्रिया पूरा गर्दै रिजर्ब वायरमा जम्मा गरिएको छ ।

त्यसलाई घरघरमा कसरी वितरण गर्ने भनेर पनि मोडल बनाइएको छ । अहिले तीनवटा घरधुरीमा पठाउन मिल्ने गरी मिटर जडान गरिएको छ । त्यसमध्ये एक मिटरबाट लगिएको पाइपलाई एउटा टहरोमा लगिएको छ र ग्यास चुलोमा जडान गरिएको छ ।

मन्त्री जोशीले त्यही ग्यास बालेर सञ्चारकर्मीहरुलाई देखाए । बाहिर निस्कँदै गर्दा मन्त्री जोशीले भने, ‘आज हामी फेरि सफल भएका छौं । जमिनमुनिको ग्यास पाइपबाट तानेर बालियो ।’

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses