‘विराट हिन्दु सम्मेलन’ को बन्दशत्रमै विद्रोह र कुटाकुट

५ कात्तिक, काठमाडौं । अरुलाई आदर्श, नैतिकता एवं मूल्यमान्यताको पाठ सिकाउँदै आयोजना गरिएको विराट हिन्दु सम्मेलनको बन्दशत्रभित्रै कुटाकुट भएको छ । पूर्वराजा ज्ञानेन्द्रले ‘निषेधको राजनीतिले विद्रोह जन्माउँछ‘ भनेको भोलिपल्टै राजावादीकै समूहभित्र ‘विद्रोह’ जन्मिएको हो ।

राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा जारी विराट हिन्दु सम्मेलनको बन्दसत्रमा शुक्रबार सहभागीहरुबीच कुटाकुट भएको हो । झडपसँगै भएको कुटाकुटमा एकजना राप्रपा नेपालका कार्यकर्ता घाइते भएका छन् ।

अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । उल्लेख्य संख्यामा प्रहरी परिचालित गरिएको छ ।

एकजना व्यक्तिले ‘म पनि राजावादी हुँ, म कमल थापाको कार्यकर्ता हुँ भनेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि कुटाकुट भएको प्रत्यक्षदर्शीले बताए ।

आक्रोशित समूहले बन्दसत्रमा पाहुनाका रुपमा उपस्थित भारतीय जनता पार्टीका नेता आदित्यनाथविरुद्ध समेत नाराबाजी गरेको छ ।

विराट हिन्दु सम्मेलन भनिए पनि बन्दशत्रमा करिब ५०/६० जनामात्रै मानिसहरुको उपस्थिति थियो ।

पूर्वशाही पाश्वर्ती भरतकेशर सिंहको नेतृत्वमा आयोजना गरिएको तीन दिने अन्तरराष्ट्रिय हिन्दु सम्मेलनको उदघाटन विहीबार वनकालीमा पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रमार्फत उदघाटन गराइएको सम्मेलनमा यसरी आपसमै पिटापिट भएपछि यो घटनाले पूर्वराजाको राजनीतिक पहलको पहिलो गाँसमै ढुंगा लाग्न पुगेको छ ।

दलहरुवीच व्याप्त असन्तुष्टिलाई ‘क्यास’ गर्दै राजावादीहरुले ज्ञानेन्द्रलाई मैदानमा उतार्ने प्रयास गरेका थिए । तर, बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै राजावादीहरुको सम्मेलन निराशाजनक एवं एकप्रकारले विफलजस्तै बन्न पुगेको छ ।

शनिबारसम्म चल्ने भनिएको हिन्दुवादीहरुको तीन दिने यो सम्मेलनले ज्ञानेन्द्रलाई सम्राट घोषणा गर्ने र नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने बताइएको थियो ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses