बालिका बलात्कार गर्ने दाजुभाइ २३ वर्ष पछि पक्राउ

७ कात्तिक, नवलपरासी । इलाका प्रहरी कार्यालय कावासोतीले बालिका बलात्कार अभियोगमा नवलपरासी जिल्ला अदालतबाट ५ वर्ष जेल सजाय फैसला भई फरार भएको दुई जना अपराधीलाई २३ वर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी कवासोती नगरपालिका ३ का ४५ बर्षीय प्रेम भण्डारी र उनका भाइ ४२ बर्षीय जर्नादन भण्डारी रहेका छन् ।

वि.सं २०५० साल जेष्ठ २३ गते जिल्ला अदालत नवलपरासीबाट उनीहरुमाथि जबरजस्ती करणी मुद्दामा ५ वर्ष जेल सजायको फैसला भएको थियो । प्रहरीका अनुसार पक्राउ परेका प्रेम र जर्नादनले सोही स्थानकी एक १४ वषर्ीया नाबालिकालाई मकैबारीमा जबरजस्ती करणी गरेका थिए ।

पीडितले घटनाको विषयमा प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रेम र जर्नादन फरार भएको घटनाको अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपी राजेश थापाले बताए ।

उनका अनुसार उनीहरु फरार भएको १० वर्ष पछि घर फर्किएको र पुन भारत गएका थिए । त्यसपछि पटक पटक घर आउने जान लागेको सूचना पाएपछि प्रहरीले अनीहरुमाथि निगरानी राख्दै पक्राउ गर्न सफल भएको डिएसपी थापाले जानकारी दिए ।

‘उनीहरु घर आउने जाने गरेको हामीलाई सूचना आएपछि तत्काल हामीले घटनाको फाइल खोलेर अध्ययन गर्यौं’ डिएसपी थापाले अनलाइनखबरसँग भने, ‘हामीले घटनालाई गम्भीरताका साथ लिएर उनीहरुमाथि निगरानी गरी कवासोतीबाट पक्राउ गर्न सफल भयौं ।’ पक्राउ परेका दुवैलाई नवलपरासी अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses