सञ्चारमन्त्रीको अफर : सबै पत्रकारलाई फ्ल्याटको व्यवस्था
काठमाडौं – सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सबै पत्रकारहरुलाई फ्ल्याटको व्यवस्था गरिदिने नयाँ अफर सार्वजनिक गरेका छन् । प्रेस सेन्टरको ललितपुर शाखाले आयोजना गरेको चियापानमा सो योजना सुनाएका हुन् ।
यसअघि तत्कालिक प्रधानमन्त्री सुशील कोइरालाले हरेक पत्रकारलाई आफ्नै कार चढ्ने व्यवस्था गर्ने योजना सुनाएका थिए ।
चियापानमा बोल्दै मन्त्री कार्कीले भने, ‘एउटा ठूलो जग्गा लिएर त्यहाँ घर बनाएर सबै पत्रकारहरुलाई किस्ताबन्दीमा फ्ल्याट लिने मेरो योजना रहेको छ ।’ उनले सहज किस्ताबन्दीमा फ्ल्याट उपलब्ध गराएर पत्रकारहरुले बस्ने ठाउँको सरकारले प्रबन्ध गर्ने बताए ।
फरक प्रसंगमा मन्त्री कार्कीले अहिले ल्याएको सबैको हात–हातमा इन्टरनेट भन्ने योजना समय सान्दर्भिक नभएको बताए । उनले सबैको हातहातमा भन्दा पनि पहिले अस्पताल र विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउन सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘अहिले हात–हातमा इन्टरनेट पुराएर पनि त्यसको सदुपयोग भएको छैन । धेरै फेसबुक चलाएर टाइमपास मात्र गर्छन् । यसको साटो हाम्रो पहिलो प्राथमिकता भनेको हरेक स्कूल र अस्पतालमा यसलाई पहिले पुर्याउने हुनुपर्छ ।’
उनले पत्रकार र सञ्चारमाध्यमले जनतासँग सरकारको राख्ने समाचार प्रकाशन नगरेकोमा पनि आक्रोश व्यक्त गरे । ‘अहिले क्याटवाक र मोडलको समाचार लेखिन्छ । थर–थरका सुन्दरी प्रयिोगिताको समाचारलाई प्राथमिता दिइनछ,’ उनले भने, ‘क्रिमको बारेमा समाचार बन्छ र त्यहाँ काम गर्ने मजदुरको बारेमा समाचार नै बन्दैन । जनताको सरकार राख्ने २० प्रतिशत समाचार पनि सञ्चार माध्यममा छापिँदैन ।’
उनले पत्रकारदेखि सूचना विभाग र सूचना मन्त्रालयसम्म कसैसँग सूचना नभएको बताउँदै हुलाकलाई सूचनाको हब बनाउने आफ्नो सपना रहेको पनि बताए । ‘म सूचनामन्त्री तर मसँग नै सूचना हुँदैन । न मन्त्रालयसँग छ, न सूचना विभागसँग नै छ । त्यही भएर हुलाकलाई देशको सूचनाको हबको रुपमा विसित गरिनेछ ।
उनले सबै सरकारी सञ्चार माध्यमलाई एकै ठाउँमा ल्याउन पनि आफूले गृहकार्य गरिरहेको जानकारी दिए ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses