अरिंगालका लार्भाको व्यापार बढ्दै

कार्तिक ५, २०७३- धादिङ लगायत पहाडी जिल्लाहरुमा जंगल र खेतबारी वरपर रुख, ओडार, भीरपहरा ठूला भवनहरुमा वर्षायामसागै अरिंगालले गोलो लगाउने गर्दछन् । पहाडी भेकमा बिशेषगरी दुई खालका अरिङ्गाल हुन्छन् रातो र कालो । राता अरिङ्गालहरु सिधा हुन्छन्, जो गोलोनजिकै गएर चलाउादा पनि हत्तपत्त चिल्दैनन् भने अर्को काला अरिङ्गाल जो देख्नमा हल्का रातो कालो हुन्छन्, यिनीहरुलाई चलाउनु त के आफ्नो गोला भएको रुखको वरपर आएर हल्ला गर्नेसम्मलाई पनि टोकी हाल्छन् । यसैले त ज्यादा रिस भएको र झनक्कै रिसाउने मान्छेलाई कालो अरिङ्गगालको जस्तो रिस भन्ने समेत गरिन्छ ।
अरिङ्गाल कालो हो कि रातो भनी थाहा पाउन यसको गोलोको रंगबाट पनि थाहा पाउन सकिन्छ । राता अरिङ्गालका गोलाहरू खैरो र फुस्रो रंगका हुन्छन् भने कालो अरिङ्गालका गोला घर पोत्ने रातो माटोजस्तै चहकिलो राता हुन्छन् । अरिङ्गालले आफ्नो गोला बनाउन लालीगुराँस र एैयारको नरम बोक्रा प्रयोग गर्छ ।

धादिङ तथा गोरखा, तनहुँमा हरेक वर्ष अरिंगालले टोकेर स्थानीय वासिन्दाहरुको मृत्यु हुने गरेको छ । गाईबाच्छा चराउन गएका सर्वसाधारण पनि अरिंगालले टोकेर पीडित हुने गरेका छन् । देशभरबाट हरेक वर्ष अरिंगालको टोकाईबाट मृत्युका समाचार आइरहन्छन् । विगत ३ वर्षको अवधीमा धादिङमा अरिंगालको टोकाईबाट ५ जनाको मृत्यु भइसकेको छ ।

गत हप्ता कुम्पुर–५को जंगलमा रहेको अरिङालको गोलो कस्ले खाने विषयमा भएको विवादले २ गाउाका युवकहरुबीच आपसमा कुटाकुट भएपछि प्रहरीले वुधबार ९ जनालाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

विषालु अरिङ्गाल, वछ्युँ, वारुलोको मह त हुादैन तर लार्भा खान वस्तीका युवाहरु अरिङ्गालको गोलो देख्नै हुन्न ज्यान जानेसम्मकै जोखिम मोलेर पनि गोलो नियन्त्रणमा लिन्छन् अरिङ्गालको गोलो कतिपय स्थानमा सजिलै स्थान वा रुखमा हुन्छ भने कतिपय स्थानमा गाह्रो र ज्यानै जान सक्ने खतरा हुन्छ । लामो लौरीमा कपडा वेरेर मट्टितेल छर्केर आगो सल्काई अरिङ्गाल पोल्ने वा सजिलो स्थान भए ठूलो थैली लिएर गोलो थैलीमा झरेर तातोपानीमा डुबाउने समेत गरिन्छ । यदि लार्भाहरु जिउादै भए मकैको पिठोमा रातभर राखे लार्भाले मकैको पिठो खाई पेटको फोहर सबै दिसा गर्छन् र अघाएर बसेपछि पनि परिकार बनाइन्छ ।

‘उतिबेला साथीभाइ आपसमा बाँडेर खाईन्थ्यो अब व्यापार नै हुने गरेको छ । शहरबजारबाट लार्भाको माग निकै आउने गरेको छ’ जोगीमारा–६ का असारे चेपाङ्गले बताए । विशेषगरी अरिङ्गालका लार्भा मगर र चेपाङ्ग समुदायको मनपर्ने खाना हो ।

यतिखेर धादिङ तथा गोरखाका युवाहरुको जमात जंगल चाहार्ने र अरिङ्गालका गोला खोज्ने अनी राती गएर आगो लगाई गोलै कब्जामा लिएर लार्भा र उड्न नसकेका बच्चा राजमार्गका होटलहरुमा बेच्ने काममा सक्रिय छ । एउटा गोलाबाट ६ हजारसम्म कमाई हुने गरेको आँवुखैरेनी, मुग्लिन, जोगीमारा, मलेखु लगायतका होटलहरुमा १ केजीका प्याकेट बनाएर बेच्ने गरिन्छ ।

प्रतिकेजी २ हजार रुपैयाासम्म र मानाको १२ सय समममा बिक्री हुने गरेको छ भने पकाएर बेचे प्रतिप्लेट १ हजारसम्म असुल्छन् । । अरिङ्गालका लार्भा काठमाडौंमा साथीभाइलाई नासो लिने परिकार बनेको छ । अरिङ्गाल र बारुलोका लार्भाले भियाग्रा जस्तै यौनक्षमता वृद्धि गर्ने विश्वासले युवाहरु पुर्खाले नखाएका खानाहरुतर्फ आकिर्षत भएका हुन् ।

ब्रिटिश सेनालाई हराउने अरिंगालको इतिहास
ब्रिटिशको इस्ट इन्डिया कम्पनी सेनाले पहिलो पल्ट सिन्धुलीगढीमा हमला गर्न आउादा नेपाली सेनाका कमान्डर बंशु गुरुङको नेतृत्वमा गोर्खालीले गढी आउने बाटो वरपर सयांै अरिंगालका गोला पहिचान गरिराखेका थिए र बाटो वरपर सयौं सिस्नुका झ्याङ लगाएर राखेका थिए ।

जब ब्रिटिश सेनाहरु गढी आक्रमण गर्न जंगलको बाटो हुादै आए, गोर्खाली सेनाले एकै पटकमा धनु कााडले सयौं राता र काला अरिङ्गालका गोला झारिदिए । यसपश्चात् रिसाएका ति अरिङ्गालहरुले टोकेर सयौं ब्रिटिश सेना बाटो वरपर मरे भने सिस्नुको पोलाई र अरिगालबाट आत्तिएर कैयन अंग्रेज सेना ज्यान जोगाएर भागे ।

चौबीस सयको संख्यामा आएका ब्रिटिश सेनामाथि यसरी ८०० गोर्खालीले बिजय प्राप्त गरेका थिए । एसियामा ब्रिटिश सेनाको यो नै पहिलो हार थियो । यसपश्चात् ४०/५० वर्षसम्म ब्रिटिश सेनाले नेपाललाई आक्रमण गर्ने हिम्मत गरेनन् ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses