अख्तियार प्रमुख कार्कीलाई महाअभियोगबाट हटाउने माओवादी केन्द्रको औपचारिक निर्णय
कार्तिक ७, २०७३- सत्तारुढ माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगबाट हटाउने औपचारिक निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले अख्तियार प्रमुख कार्कीलाई महाअभियोगबाट हटाउने औचापरिक निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्त गरेको भनाई उद्धृत गर्दै नेता अग्नि सापकोटाले भने, ‘म महाअभियोग प्रस्तावलाई निष्कर्षमा पुर्याउन निर्देश गर्दछु ।’ यसअघि पार्टी सांसद महेन्द्रबहादुर शाही प्रस्तावक भएर संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावमा माओवादी केन्द्रले औपचारिक निर्णय गरेको थिएन ।
शनिबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले महाअभियोगको प्रस्तावमा अन्य दलहरुसँग परामर्श गरेर निष्कर्षमा पुग्ने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरेको थियो ।
प्रतिपक्षी एमालेमा लोकमान सिंहलाई महाअभियोग लगाउन एकमत रहे पनि सत्तारुढ कांग्रेसले अहिलेसम्म निर्णय गर्न सकेको छैन । सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्र, प्रतिपक्षी एमालेले महाअभियोगको पक्षमा आफूलाई स्पष्ट पारिसकेपछि ‘पर्ख र हेर’को स्थितिमा रहेको कांग्रेसलाई महाअभियोगको पक्षमा उभिन बाध्यात्मक वातावरण निर्माण हुँदै गएको छ ।
आइतबार बिहान संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग कांग्रेस सभापति शेरबहादुर देउवाले जनमतविरुद्ध नजाने पनि बताइसकेका छन् ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses