मोर्चाको समर्थन फिर्तापछि के प्रचण्डको सरकार खतरामा हुन्छ ?(भिडियो सहित)

मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि के काँग्रेस–माओवादी गठबन्धनको सरकार धरापमा पर्छ ? संसदको अंकगणितले के भन्छ ?
संसदको अहिलेको अंकगणित र सरकारलाई प्राप्त समर्थनलाई हेर्ने हो भने प्रचण्ड नेतृत्वको सरकारलाई कुनै खतरा देखिएको छैन् । हाल संसदमा पाँच सय ९४ सांसद छन् । अर्थात सरकारलाई बहुमतका लागि २९८ सांसदको खाँचो हुन्छ ।अहिले काँग्रेसका २०७, माओवादीका ८१, साना दलका ९ र नेकपा संयुक्तका ३ सांसद छन् । यी पार्टीहरु सरकारमा छन् । अर्थात उनीहरुको सख्याँ ३०० छ । यसकारण मोर्चाले समर्थन फिर्ता लिए पनि सरकारमाथि कुनै खतरा छैन् ।यसबाहेक राप्रपा र बिजय कुमार गच्छदार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि भएको प्रधानमन्त्रीको चुनावमा मोर्चाले प्रचण्डको पक्षमा मतदान गरेको थियो ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस के हुन्छ त आखिर ?
<<मोर्चाको समर्थन फिर्तापछि के प्रचण्डको सरकार खतरामा हुन्छ ?>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses