कार्यकर्ता मारीएपछि मधेसमा अाक्राेस

सप्तरीकाे राजबिराजमा प्रहरीले चलाएकाे गाेली लागी ३ अान्दाेलनकारीकाे मृत्युपछि फैलिएकाे अाक्राेसले मधेसमा तनाव उत्पन्न गराएकाे छ । राैतहटमा एमालेका कार्यकर्ताहरूलार्इ माेर्चाका कार्यकर्ताहरूले घर घरबाट लखेटदै कालाेमाेसाे दलेर खेदाइएका छन । राैतहटस्थित एमाले जिल्ला प्रचार विभाग प्रमुख मणीशंकर निधिलाई माेर्चाका कार्यकर्ताहरूले कालोमोसो दलेर बजार घुमाइएकाे बताइएकाे छ ।यता सप्तरीमा फैलिएकाे अातंकले सिरहा समेत तनावग्रस्त बनेकाे छ । अाक्राेसित बनेका माेर्चाका काएकर्ताहरूले काठमाण्डाैबाट धरान तर्फ अाइरहेकाे मकालु बस टाेडफाेड गर्नुका साथै एक भारतीय ट्रकमा अाग्जनी गरेर क्षती पूर्याएका छन । कार्यकर्ताहरूले सप्तरी घटना थहाँपाए लगत्तै सिरहाकाे बिभिन्न स्थानमा टायर बाली एमाले बिरूद्ध नारावाजी गर्दै जुलुस प्रदर्शन गरिरहेका छन ।सिरहाकाे गाेल बजार , लहान , मिर्चैया लगायतका स्थानमा माेर्चाका कार्यकर्ताहरू अाफ्नाे कब्जामा लिएका छन भने पूर्व पश्चिम राजमार्ग पूर्ण रूपमा ठप्प बनाएका छन ।स्रोत : पुर्बेली न्यूज

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses