शरीरको तौल घटाउने तरिका(भिडियो सहित)

मोटो शरीरलाई चिकित्सकहरू रोगको घरको संज्ञा दिन्छन् । मोटो शरीर भएकालाई सुगर, मुटुरोगलगायत गम्भीर प्रकृतिका रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसो त मोटोपनले सबैखाले रोगलाई निम्ता गरिरहेको हुन्छ । हेर्दा पनि मोटो शरीर आकर्षक देखिँदैन । तर, मोटोपन घटाउन अधिकांशले चाहेर पनि नसकेको गुनासो गर्छन् । डा. प्रकाशराज रेग्मीले मोटोपन घटाउने केही उपाय सिकाएका छन्ः
गुलियो र चिल्लो त्याग्नुहोस्
शरीरको मोटोपन घटाउने हो भने गुलियो र चिल्लो खानेकुरा त्याग्न सक्नुपर्छ । चिनी र चिनीबाट बनेका परिकारमा लोभिनु हु“दैन । घ्यू, बटर, बोसो सेवन गर्नु हु“दैन । चिल्लोमा फ्राई गरेको खाना पनि खान छाड्नुपर्छ । तरकारी तथा परिकारमा जतिसक्यो कम तेल हालेर पकाउनुपर्छ ।
खानाअघि सलाद खानुहोस्
शरीर मोटो बन्दै गएपछि खानाको रुचि झन् बढ्दै जान्छ । कार्बोहाइड्रेटयुक्त खाना जति धेरै खायो, उति नै मोटोपन बढ्छ । त्यसैले खानाको मात्रा नियन्त्रण गर्न बिहानको खाना खानुअघि एक कचौरा हरियो सलाद खाने गर्नुहोस् । सलाद खाएपछि पेट भरिन्छ, र भात कम खाइन्छ । यसले पनि मोटोपन घटाउन तथा नियन्त्रणमा राख्न सहयोग गर्छ ।
बेलुका भात नखानुहोस्
मोटोपन घटाउने भए बेलुकाको खानामा भात नखानु नै उत्तम हुन्छ । दुई पिस रोटी, एक कचौरा दाल, हरियो सागसब्जी र सलाद खानु राम्रो हुन्छ ।
डा. प्रकाशराज रेग्मी वरिष्ठ मुटुरोग विशेषज्ञ वीर अस्पताल
डा. प्रकाशराज रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ, वीर अस्पताल
पर्याप्त व्यायाम गर्नुहोस्
शारीरिक व्यायामले मोटोपन घटाउन महत्वपूर्ण भूमिका राख्छ । तर, व्यायाम शरीरले थेग्न सक्ने मात्रै गर्नुपर्छ । पर्याप्त व्यायाम गर्नुको मतलब शरीरलाई पीडा दिनु होइन । दैनिक एक घन्टा हिँड्ने, खेतबारीमा काम गर्ने, पौडी खेल्ने, खेलकुदमा भाग लिने गर्न सकिन्छ । तर, अप्राकृतिक तरिकाले केही दिनमै ह्वात्तै तौल घटाउने काम नगर्नुहोस् ।
भोकाउँदा फलफूल खानुहोस्
कुनै पनि वेला भोक लाग्दा फलफूलमा जोड गर्नु राम्रो हुन्छ । तर, मोटा व्यक्तिले केरा भने नखानु ठीक हुन्छ । अन्य खानाभन्दा फलफूलले पेट भर्ने, तागत दिने, तर मोटोपन बढ्न नदिने गर्छ ।
पानी पर्याप्त पिउनुहोस्
स्वस्थ जीवन जिउन पर्याप्त पानी पिउनुपर्छ । बिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउनु उत्तम हुन्छ । दिनभरमा कम्तीमा तीन लिटर पानी पिउनुपर्छ ।
तनावबाट मुक्त हुनुहोस्
अनावश्यक कुरामा तनाव लिने तथा राति पर्याप्त ननिदाउने व्यक्ति पनि मोटोपनको सिकार बन्छन् । त्यसैले तनावमुक्त जीवन जिउने प्रयास गर्नुपर्छ । दैनिक ६ देखि ८ घन्टा सुत्नुपर्छ । योग, ध्यान, प्राणायाम गरेर तनावमुक्त हुन सकिन्छ ।
धुम्रपान र मद्यपान त्याग्नुहोस्
धुम्रपान र मद्यपानले मोटो व्यक्तिलाई झन् बढी असर गर्छ । रक्सी, चुरोट, खैनी, पान, सुर्ती, बिँडी सेवनले मोटोपन बढाउँछ भने रोगप्रतिरोधात्मक क्षमता पनि कमजोर गराउँछ ।
शरीरलाई ब्याम अत्ति नै आवस्यक छ थोरै भए पनि ब्यायाम कसरि गर्ने त हेर्नुहोस तलको लिंकमा क्लिक गरि
<<शरीरको तौल घटाउने तरिका>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses