यस्तो बन्यो मुसहर बस्ती/ जनताले भने- धुर्मुस सुन्तली कार्यकारी राष्ट्रपति(भिडियो सहित)
बस्तीका घरहरुमा बुधबारदेखि छानो हाल्ने काम सुरु भएको छ। भित्ता उठाउने काम सकिएको छ भने बाटो-घाटोसहित विद्युतीय र रङरोगनका कामहरु अब सुरु हुनेछ। नयाँ वर्षमा हस्तान्तरण गर्ने योजनाअनुरुप द्रुत गतिमा काम भइरहेको धुर्मुसले बताए।
‘हामीले सोचेभन्दा छिटो काम भइरहेको छ,’ उनले भने, ‘निर्माण कार्यमा साथ र सहयोग गरी हौसला दिनुहुने सम्पुर्णलाई धन्यवाद दिन चाहान्छौं।’
उनले बस्ती निर्माणका लागि हालसम्म उठेको रकम अपुग हुने भएकाले देश–विदेशमा भएका नेपालीहरुलाई सहयोगको हात बढाउन अनुरोध गरेका छन्। उनका अनुसार हालसम्म कृषि विकास बैंकको एक करोडसहित तीन करोड १० लाख अनुदान प्राप्त भएको छ।धुर्मुससुन्तली फाउन्डेसनका लेखा अधिकृत सरोजजंग खत्रीका अनुसार हालसम्म दुई करोड १५ लाख भन्दा बढी खर्च भइसकेको र ९० लाखभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ।धुर्मुसका अनुसार बस्ती बसाल्न करिब चार करोड असी लाख लाग्ने भएकाले फाउन्डेसनलाई अझै करिब एक करोड ६५ लाख भन्दा बढी सहयोग रकमको आवश्यकता छ। बस्ती निर्माणका लागि हाल मुसहर बस्तीमै रहेका धुर्मुसले रकम अभावका कारण बस्ती हस्तान्तरणमा ढिलाई हुन सक्ने चिन्ता जनाउँदै भने, ‘हामीलाई अहिलेसम्म हरेक निर्माण कार्यका लागि सहयोग गरिरहनु भएको छ, यसपटक पनि सहयोग गरि हाम्रो सपना पुरा गरिदिनुहुनेछ भन्नेमा विश्वस्त छौं।’पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस :
<<यस्तो बन्यो मुसहर बस्ती>>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses